मुक्तिनाथ शर्माराजनीतिले प्याज खाँदै छ
बिहानै मिश्रमामा आउनुभएको रहेछ । मेरी श्रीमतीजीले भनिन् ‘को मान्छे आयो, को मान्छे आयो भनेर हेरेको त मिश्रमामा पो आउनु भएको रहेछ । ’
मलाई हाँसो लाग्यो । मिश्रमामा पनि त मानिसै होइनन् र ? भनिहालें मैले । एक पटक हाँस्यौँ हामी । हामी हाँसेको कारण मामाले बुभ्mन सक्ने कुरा भएन । उहाँँ ‘लाटीले …देखे जस्तै’ हुनुभयो । हेर्न लायक भएको देखेको हुँ मैले उहाको अनुहार । उहाँँ पनि रिसाए जस्तो लागेर भुलाउने उद्देश्यले कुरा अन्तै पु¥याउन मैले भनेँ– “ए मामा ! के छ त नि खवर ?”
मामाले भन्नुभयो “के हुनु मसँग ? सहरियासँग नै हुन्छ नि सबैथोक ।”
यो कुरा बाट मामा रिसाएको स्पष्ट भयो । हुन पनि हो नि त उनलाई मान्छे नै नठान्न हुन्छ ? उनले भनिहालिन् मैले सम्हाल्न पर्ने भयो । फुस्ल्याउने बिचारले मैले भनेँ “देशको राजनीति कुन दिशामा जाँदै छ त अचेल भनेको मैले ।”
मेरा कुराले होला सायद मामाको अनुहारमा चमक देखिन गयो । मैले मुखमा हेरेको हे¥यै गरेपछि मामाले भन्न्नुभयो “राजनीति त प्याज खाँदै छ ।”
“राजनीतिले प्याज खाँदै छ भनेपछि कुरा गम्भीर भयो । किनभने घुस खाँदै छ भनिएको भए मैले ठूलो कुरो मान्ने थिइन । हो यहाँ घुस बेगर कहीँ केही हुदैन । प्याज खाँदै छ भन्दा अचम्म लाग्यो । किनभने प्याज खानु ठूलो कुरा थिएन । त्यसैले मैले मामाका मुखमा एकोहोरो हेरेँ । मेरो मौनतालई चिर्दै मामाले मन्नुभयो यस बिषयको एउटा कथा छ सुन्नुहुन्छ ?”
मैले सुन्छु भनेपछि मामा कथा भन्न थाल्नु भयो ।
धेरै पहिलेको कुरा हो एकादेशमा एउटा गरिबले किसानका बारीमा भएको प्याज चोरेछ । कसले चो¥यो भनेर खोज हुँदा चोर पहिलियो । सरकारी कार्यालयमा लगियो । केरकार गर्दा ऊ सावित पनि भयो । कति चोेरेको भन्दा उसैले भन्यो ‘सय डल्ला ।’ सय डल्ला प्याज चोरेकोमा के कति सजाय गर्न पर्ने हो त्यो देशमा कुनै कानुनको व्यवस्था रहेनछ । तसर्थ राष्ट प्रमुखमा पु¥याइयो मुद्दा । राष्ट्र प्रमुखले पनि सोधखोज गरेपछि चोरले पनि स्वीकार ग¥यो आप्mनु अपराध ।
राष्ट्रप्रमुखले भने “यो अपराधमा यसलाई सजाय गर्नु । के सजाय गर्ने भन्दा तीन सजायमा एक सजाय गर्नू । सजाय कुन गर्ने उसैसँग सोधेर अर्थात रोजाएर तीन मध्ये एउटा सजाय गर्नू । तीन सजाय के हुन् भने (१) सय डल्ला प्याज सरासर खाओस् सरकारी कर्मचारीको रोहवरमा एक ठाउँँमा बसेर । (२) सय स्वर्ण मुद्रा तिरोस् । र (३) सय कोर्रा हानेको सहोस् ।”
चोरलाई सोधियो । उसले बिचार ग¥यो– स्वर्ण मुद्रा कसरि तिर्ने ? कोर्रा खाँदा पनि सारै दुख्छ । बरु खाने नै कुरा हो, प्याजै खान्छु ।
चोर सुरक्षाकर्मीको माझमा बसेर प्याज खान थाल्यो । तीन चार डल्ला त खायो । त्यसपछि त वाक वाक लाग्यो । अझ थप्दा नाकबाट सिँगान आयो । बल गरेर अर्को खाँदा आँखा पोलेर सतायो । दश बार डल्ला खाँदा त आन्द्र्रा नै आउला मुखबाट भने जस्तो भयो । आखिर प्याज खान नसक्ने नै निधोमा पुग्यो चोर । तसर्थ उसले भन्यो “म प्याज खान सक्दिन । बरु कोर्रा हानियोस् । म सहन्छु ।”
सैनिकहरू चोरलाई सार्वजनिक ठाउँमा मानिसहरूको माझमा राखेर कोर्रा लगाउन कोर्रा हान्न थाले । बलियो सेनाले सकेसम्म जमाएर कोर्रा हान्न थाल्योे । पन्ध्र बीस कोर्रा सम्म आँखा चिम्लेर र मुख कसेर सह्यो । आखिर सकेन । यो पनि सहज बिषय थिएन । भएन । आखिर उसले सेनासंग भन्यो “ओहो यो सजाय अझै कष्टदायक हुँदो रहेछ । सक्दै सकिन । अब मलाई कोर्रा नहान्नुहोस् । बरु सय स्वर्ण मुद्रा नै तिर्छु ।”
पहिले नै सय स्वर्ण मुद्रा तिरेको भए प्याज खान र कोर्रा खान पर्दैनथ्यो । कोर्रा र प्याज खाए पनि स्वर्ण मुद्रा बचाउन सकेन । आखिरीमा तिनै सजाय व्यहोर्न प¥यो चोरले । यसै गरेर हाम्रो राजनीति पनि प्याज खाने भएर विकसित भएको छ । विषय ठहर गर्न नसक्नाले एक सजाय खाएर हुने अवसरमा धेरै सजाय अर्थात् समस्यामा डुब्ने गर्दछ । बुभ्mनु भो भाञ्जा बाबु !
ओहो कति गम्भीर कुरा गर्नु भयो मिश्रमामाले । म तीन छक परेँ । गाउँले गरिव किसानमा यस्तो गहिरो बुद्धि देखेर म भावुक भएँ । म हाम्रो देशको राजनीतिले कसरी प्याज खादै छ त्यो खोज्न पट्टी लागेको छु अचेल । हामी सबै लाग्ने हो कि ?
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































