साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यसपालीको दसैँ

Nepal Telecom ad

भोकै छन् कति पेट भोक नमरी टीका मुछूँ के गरी
रातै छन् रणभूमि घाउ नबसी रातै बरुँ के गरी
सेता चामलमा म रक्त रङले रङ्ग्याउनै त्रस्त छु
टीका थाप्न म जान्छु जान्नँ घरमा दोधार दोधार छु ।

यौटा किन्छ खसी बटुल्छ मसला, गाँसैविना छन् कति
यौटा फेर्छ नवीन वस्त्र गहना नाङ्गै रुदैछन् कति
लुक्तै चढ्छ दसैँ उचा घरहरू हेर्दैन झुप्रातिर
खै कस्तो कसको खुसी कति लिई आयो दसैँ आखिर ।

चर्को व्याज पकाउँदै ऋण गरी खाडी झरेको दसैँ
लर्को लाम अमेरिका परपरै भागी रहेको दसैँ
चर्को रोग सहेर औषधविनै तड्पी रहेको दसैँ
खै कस्तो म मनाउँला र घरमा साझा दसैँ प्रेमले ।

वेपत्ता जनसाथ अल्पिन परी बन्दी बनेको दसैँ
दोहोरी पिङ खेल्न सक्छु कसरी आफै पूरै ढुक्क भै
आओस् मालसिरी बनेर कसरी सङ्गीतमा यो दसैँ
गाऊँ मालसिरी खुलेर कसरी दोधारको यो दसैँ ।

तै आओस् दुखका पहाड उधिनी यौटा दसैँ हर्षले
मेरो चाड भनून् हरेक मनले उत्फुल्ल भै गर्वले
सप्रेका गमला मुठीभरि लिई टीका मुछोस् देशले
नेपाली सब एक पङ्क्ति उभिउन् सद्भाव सद्भावले ।

पाँचथर, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x