साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिहार हो कि हार हो

Nepal Telecom ad

नरङ्गिने तिहारमा निधार हो कि धार हो
अचम्म लाग्छ दैव यो तिहार हो कि हार हो ।

थुनेर बस्छ औषधी, उचाल्छ गर्न विप्लव
र राज्य हैन भन्छ यो बिमार हो कि मार हो ।

किनेर ल्याउने न हो जहाँ भयो किफायती
सधैं घमण्ड गर्छ ऊ बजार हो कि जार हो ।

यसो गर्यौं, उसो गर्यौं हुँदै छ यो कुरा भनी
अलाप्छ राग राज्य यो गितार हो कि तार हो ।

यता थुपार्छ दोष ऊ नृशंस कर्म जो गरी
यथार्थ बुझ्छ को यहाँ विचार वा प्रचार हो ।

खुसी छिन्यो, नदी छिन्यो हडप्छ भूमि त्यैसित
किनेर खान बाध्यता दरार वा करार हो ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x