साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो छायाको आत्मकथा

Nepal Telecom ad

एउटा कविता
आँधीहरू आए र गए
हुरीहरू आए र गए
पर्खालहरू ढले, फेरि ठडिए
यस्तै क्रमहरू चलिरहे र चलिरहने छन्
युगदेखि युगसम्म ।
पर्खाल त मेरो आँगनको पनि ढालियो
किलो त मेरो साँधको पनि उखेलियो
मेरो विश्वासले जगाउन खोज्यो
तर म
आत्मसम्मानमा निरन्तर गाउँदै रहें
साम्राज्य दुई हारे हारेन सान हाम्रो ।
मैले रोपेका काँक्रा र फर्सीहरू
जसलाई मलजल म गर्छु किनभने
तिनको जरा मेरै माटोमा गडेको छ
तर ती
मेरो बेरामा फल्नै चाहन्नन्
ती लहरिँदै पुग्छन् छिमेकीको छानातिर
र त्यहीँ फल्छन् पनि
अनि उसको बारीमा उम्रेका ऐँजेरुका लहरा
आउँछन् मेरो घरको छानामा र
प्वाल पारेर ठाउँ ठाउँमा
जरा गाड्छन् दारा धस्छन्,
म र मेरो छिमेकी
असल मित्र पनि हौँ, त्यसैले
ऊ लुटिरहन्छ म लुटिइरहन्छु र पनि
गाउँछु
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
एक दिन
मेरो घरलाई
ढाक्ने छन् लहरैलहराले
ऐँजेरु र बनमाराका झ्याङहरूले
अनि म अन्धकारमा
घरबाट विस्थापित भई निस्कँदा पनि
गाइरहेको हुनेछु
यो नेपाली शिर उचाली संसारमा लम्किन्छ
धैर्य मेरो धर्म
घरै पोलियोस् केही छैन
चेलीबेटी लुटियून् केही छैन

अस्मिताहीन र आश्रयहीन भएर पनि
गाउन छाड्ने छैनँ
अतिथिदेवो भव ।

चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x