साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खेलभित्रको झेल

Nepal Telecom ad

पाँचसात मालिकका सयपचहत्तर आसेपासे– भृत्य परिचर कलत्र सन्तति, नाताकुटुम्बको बगाल । मर्कटवृन्दको वनकाली तीर्थयात्रा बिर्साउने मनुवा–जमातको पल्टने ताँती । 
साङ्लोमा बायाँपट्टि झ्यापुल्ले कुकुर । दायाँतिर सानो सेतो बिरालो ।
वरपर दुईचार बाँसका पेरुङ्गाहरू । पेरुङ्गैपिच्छे एक एक जोर हाँस । एक जोर च्याखुरा । एउटामा एक्लो सुगा ।
अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल बाहिरको बिहानी दृश्य थियो यो ।
रिपोर्टिङमा गएको संवाददाता त्यो दृष्य देख्तै रनभुल्ल परयो र टक्क अडियो ।
“मेला, भेला, जुलुस के हुन सक्छ यो ? पर्यटन वर्षको पूर्वसन्ध्यामा विमानस्थल क्षेत्रमा कुनै विशेषखाले प्रदर्शनी पो हुँदैरहेछ कि ?”
विचार खोसि“्रदै पानीलाटो झैं पक्क परेर वरपर गस्ती गर्न थाल्यो विचरो सञ्चारी । तर केही मेसो नपाउँदा अनिर्णयको आँधीमा कुहिराको काग बनेर कावा खाँदै बिल्लीबाठ परयो । यसै हो भनेर यकिन गर्न सवmेन । त्यतिकमा पशुपञ्छी र मान्छेमिश्रित गोदामको माझबाट खाइलाग्दो ज्यान परेको प्रौढ मनुवा टोपी ढल्काउँदै निस्कियो र जुँगामा ताउ लगाउँदै सोध्न आइलाग्यो–
“को हौ बाबु तिमी ? काँधहुँदी त्यो तान्द्राङ तुन्द्रुङ के झुण्ड्याएको त्यत्रो विधि ? कुनै टिभी, एफएममा काम गर्ने संवाददाता या फोटो–पत्रकार हौ कि क्या हो ?
मैले राम्रो मुखले अहिल्यै भन्देको छु– त्यो क्यामेरा चाहिँ यता नसोझ्याउने ।”
थोरै समयमा धेरै कुरा सुन्नु पर्दाको पीडा पोख्न खोज्दै घुमन्ते विचरो एक छिन स्वकथन बर्बरायो–
“चालामाला बुझ्न नसर अलमलिएको धेरैबेर भयो । पत्रकारको सट्टा अलपत्रकार चाहिँ बन्न पुगेँ । को हो यो रमिता ?” आँट गरेर खुल्यो संवाददाता पनि ।
“हामी यो नेपाल देशको खेलकुद क्षेत्रका उच्च पदाधिकारी हौँ– ओलम्पिक नाउँको विश्वखेलमा नेपालको प्रतिनिधित्व गर्दै भाग लिन जान लागेका । यस वर्ष त्यो खेल खेल्ने खेलाउने पालो आफ्नै छिमेकी देश चीनको परेछ । त्यतै जान लग्या ।”
“हँन यो त जन्तीको बथान जस्तो छ नि त ? जिउँदा जन्तेबाख्रा सहितको ।” प्वाक्क बोलीहाल्यो पर्यवेक्षक पनि ।
“हो ठीक भन्यौ बाबु । हामी साँच्चिकै जन्ती जस्तै तमासे बनेर विदेश सयर गर्न निस्किएका । कोही खेलकूद मन्त्रालयका छौँ । कोही रागेपाटे नाना नौथरी खेलकूद परिषद्का परयौँ । कोही यताउता मुख बाउने राजनीतिक पार्टीका भाइबैनी सङ्गठनबाट आयात गरिएका पनि छौँ ।”
भद्र मान्छेको खुला खबरले झन् अभर परे झैँ भयो बिचरो अलपत्रकार चाहिँ ।
“हैन, ओलम्पिकमा त खास खास खेलाडी जाने होइन र ?”
उसले प्रतिप्रश्न तेस्र्यायो ।
“हो त नि । त्यही भएर त हामीले जानै परेको । नेपालका खास खेलाडी भनेकै हामी हाकिम–कर्मचारी याने पदाधिकारी हौँ । खासमा भन्नुपर्दा हामी दुई किसिमका खेलाडीले खेल खेल्दै आएका छम् यो देशमा– कुर्सीका खेलाडी र मैदानका खेलाडी । कुर्सी पाउन र माथिमाथि बढ्नका लागि निकै कसरत गर्नुपर्ने भएकाले यो कित्ताका खेलाडी एक नम्बरमा गनिन्छन् । अरू भए जनरल खेलाडी याने मैदानका खेलाडी । सरकारी बजेट जति सबै चाहिँदा नचाहिँदा कर्मचारी र तिनका भँुडीवाल हाकिमले एकलौटी बनाएर चर्ने भएकाले बिचरा मैदाने खेलाडीहरू घरवैm डुकुभातका भरमा खेलमैदानमा जमेर फाइट गर्छन् । पउल पानी भएका पोखरीहरूको अभावमा हिले आहालमा पौडी खेल्न सिक्छन् । हिउँद वर्षै खुला सडकमा दौडी खेल्छन् । रङ्गशालाभित्र पलाएको बन्सो, सिस्नो र सिउँडीका घारीमा कुनै चोर त कुनै पुलिस बनेर बालबच्चाको सिको गर्दै लुकी खेल्छन् । यो देशका मैदाने खेलाडीले यस्तै र यिनै अभ्यास गरेर विश्वका अनेकौँ खेल–प्रतियोगितामा भाग लिने गरेका छन् । हाम्रो खेल–जगतका असली कर्णधार या धरोहर जे जे भने पनि यिनै हुन् । यो त सबैले बुझेकै कुरा हो । हुन्छ त्यो हालत र यो नक्कली जमानामा सक्कली मालको के हालत ?
“त खेलकूदमा भाग लिन त खेलाडी नै जानु पर्ने नि त ?” गम्भीर जिज्ञासु बन्यो संवादे ठिटो ।
कोटेश्वर, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x