दुर्गाप्रसाद ग्वालटारेबुद्धलाई छुरा रोपिंदैछ
यहाँ दैंत्यबाटै भलो खोजिंदैछ ।
सुधो बुद्धलाई छुरा रोपिंदैछ ।
म मान्छे हुँ भन्दै गुमाएर सुद्धि
लखेटेर गाई गधा पोसिंदैछ ।
फिंजाएर चारो लगाएर ढोका
परेवा समाई गला घोटिंदैछ ।
झिकी खन्ति–मुंग्रो यही गोठबाट
लुकेरै सिमामा किला ठोकिँदैछ ।
मिची खेत मेरो त्यही एक सुर्को
जबर्जस्त उस्कै हलो जोतिँदैछ ।
दसा हो कि वा लौ भयो औमत्याईँ
भएको थियो जो त्यही पोखिँदैछ ।
२०७२ पुस ४
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































