साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुर लोग्ने

Nepal Telecom ad

एकदिन लोग्ने स्वास्नीको बोलचालै बन्द हुनेगरी झगडा परेछ । खाना मात्र संगै खाने हुन थाल्यो, लोग्ने बिहान घरबाट अफिस जान निस्कन्थे, साँझ फर्किन्थे, खाना झट्पट् खाएर सुतिहाल्थे । बोलचाल हुने कुरै भएन, कोभन्दा को कम ।

एक दिन साँझ अफिसबाट फर्किंदा लोग्नेले दुईवटा अण्डा लिएर फर्किएछन् । लुगा फेरे, अण्डा किचनको टेबलमा राखेर चुपचाप बाहिर निस्किएछन् ।

स्वास्नीले त्यो देखेर अण्डा फ्राइ गरेर मज्जाले डबल अम्लेट बनाएर राखिदिइछन् । साँझ खाना खाने बेला अण्डा फ्राइ भएको देखेपछि लोग्नेले झोक पोखे ( “अण्डा उसिनेर खाने विचार थियो, कुकुर्नीले फ्राइ गरेर पो राख्दिछे ।“

त्यो दिन खाना खाएर सुते, अर्को दिन फेरि लोग्नेले साँझ दुईवटा अण्डा ल्याएर राखेर बाहिर गए । हिजोको गाली सम्झिराखेकी स्वास्नीले चुपचाप अण्डा उसिनेर राखिदिइछन्, साँझ फर्केर खाना खाने बेला लोग्ने फेरि गर्जिएछन्– “आज चाँहि फ्राइ अण्डा खाने मुड थियो, कुकुर्नीले उसिनेर राख्दिछे, त्यस्का हाताँ कीरा पर्नलाई ।“ दुवैजना खाना खाएर सुते ।

भोलिपल्ट फेरि लोग्नेले दुईवटा अण्डा लिएर आए, टेबलमा राखेर निस्के । स्वास्नीलाई हिजोको गालीले झनन रिस उठिराको थ्यो, अनि उनले एउटा अण्डा फ्राइ गरिदिइछन् अनि अर्को उसिनेर राखिदिइछन् । लोग्ने आए र खाना खान बसे, अण्डाको हालत देखेपछि उनलाई केही फुरेन, लास्टाँ प्याच्च मुखबाट निस्क्यो– “कुकुर्नीले फ्राइ गरेर खाउँला भन्ठानेको अण्डा चाँहि उसिनिछे अनि उसिनेर खाउँला भन्ठानेको चाँहि फ्राइ गरेर राख्दिछे ।”

तपेश्वरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x