साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्दुक र रातो गुराँस

Nepal Telecom ad

प्रिय !
मेरो प्यारो मान्छे
प्रत्येक बर्ष आउंछ १४ फेब्रुअरी
र त्यहीबेला आउँछ फागुन १
म एकै पटक सम्झन्छु त्यो जंगलको गुराँस
र तिमीसँगको प्रणय
हामीले भिरेको बन्दुक
र देश प्रतिको प्रेम
म सम्झन्छु,
जंगलमा हिँड्दाका थकित दिनहरू
भोक, तिर्खा र मारिने डर
त्यतिखेरै सम्झंछु
तिम्रो प्रेमपुर्ण नजर
मेरा दुइ सपना
मेरो देशको मुक्ति
र मेरो प्रेमको सफलता
मसँग हुन्थे एक रातो गुराँस र एक बन्दुक
सोह्र बर्षमा टेकेकी थिएँ
दससम्म पढेकी थिएँ
आमाको काख र
स्कुल छोडेर युद्धमा होमिएकी थिएँ
मेरो भोक, मेरो शिक्षा, मेरो परिवार भन्दा ठुलो
मेरो देशको मुक्ति
मैले नगरे कसले गर्छ ?
मैले नलडे कसले लड्छ ?
मैले यहि सिकेकी थिएँ
चार बर्षपछि तिमीलाई भेटेकी थिएँ
घोप्टे भिरमा भाग्दा भाग्दै जब चिप्लियो मेरो खुट्टा
तिमीले मलाई अचानक अँगालेर उडेका थियौ
मैले मेरो झरिसकेको जिन्दगी र तिम्रो अँगालो पाएकी थिएँ
बन्दुक भिरेरै
मनमा रातो गुराँस फुलाएकी थिएँ
मेरो प्यारो मान्छे
मेरो कमरेड
अहिले त बुझाईसकें बन्दुक र त्यसप्रतिको आस्था
र पुरानो सपना पनि
अहिले फर्केर आएको छ भोक
र म खोजिरहेछु एउटा रोजगार
मलाई चाहिएको छ
सीप र ज्ञान
पल्टाई रहेछु पाठ्यपुस्तकहरू
तिमी मेरो अगाडि भएको भए के भन्थ्यौ कुन्नि
कमरेडहरू पनि
पुरानै स्कुल गैरहेछन्
पुरानै डिग्रीमा गौरब गरिरहेछन्
पुरानै सिंहदरबार मर्मत गरिरहेछन्

सिंह दरबारको गेट अगाडि
भारतीय मेवा र चाइनिज स्याउ बेचेर
गुजारा गरिरहेछु
मलाई थाहा थिएन
युद्ध र प्रणय दिवस
सँगसँगै आउँदो रहेछ
म सम्झिरहेछु उही गुराँस उही बन्दुक
मेरो प्यारो मान्छे
म तिमीलाई संझिरहेछु ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x