साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्को वर्ष, अर्को वर्ष…

Nepal Telecom ad

रा.वा.बैंकमा जागिरेको रूपमा दर्ता भएको पनि २६ वर्ष पुगेछ । २०४१ सालको नियुक्तिदेखि २०६७ सम्म आइपुग्दा त्यस्ता धेरै उतार चढावहरू भोगियो, देखियो त्यो आफ्नै ठाउँमा छ । शाखा कार्यालय मैतिदेवीबाट सरुवा भएर तनहुँको आँबुखैरेनी पुगेँ । आँबुखैरेनीवाट बेला बेलामा बिदा लिँदै केन्द्रमा भएका हाकिमहरूको कान फुक्न आउँथे । कहिले सरुवाको लागि त कहिले २० वर्षे गोल्डमेडल कहिले पाउने हो भन्दै सम्बन्धित फाँटका कर्मचारी साथीहरूलाई सोध्थेँ– सर अर्को वर्ष । अर्कोवर्ष पनि बैंकको जन्मदिनको एक दुई महिना बाँकी भएको बेला सोध्थेँ । रेडिमेड जवाफ आउँथ्यो– अर्को वर्ष ।
बिस वर्ष अवधि पुगेका कर्मचारीलाई दीर्धसेवा पदक दिएर सम्मान गर्ने चलन छ । प्रत्येक वर्ष माध १० गते आयो कि गोल्ड मेडलले मलाई झकझकाउँथ्यो । यो साल आएर सोधे अर्को वर्ष, अर्कोवर्ष त मज्जैले गोल्डमेडल लाउने भइयो भनेर मख्ख पर्थें । १० गतेको कार्यक्रममा जान्थेँ गोल्डमेडल जति अरुले लाएर जान्थे आफूचाहिँ हिस्स बूढी खिस्स दाँत देखायो फर्कियो । फेरि शाखामा बिदा मिलाएर आएर केन्द्रका सम्वन्धित फाँटमा पुगेर फेरि त्यहाँका साथीहरूलाई सोध्थेँ– सर अर्को वर्ष ।

अर्कोवर्ष अर्कोवर्ष भन्दाभन्दै दिन बित्दै गएरहेको थिए । घरमा बसेर हिसाव गर्छु । २६ वर्ष भयो जागिर खाको, पारिश्रमिक र अस्थायीको पाँचै वर्ष घटाए पनि मेरो त पालो आउनु पर्ने, के भो भन्दै बेफ्वाँकमा टाउको दुखाइरहन्छु । मसँग सही उत्तर थिएन । तपाईंले ठ्याक्कै यतिबेला पाउनुहुन्छ भन्ने । न केन्द्रकाले भन्न सके न त मैले गन्न सकें । यसो कुरा बुझी हेर्छु त दुवैजना हिसावमा लद्दु प¥यौँ होला अनि उत्तर आएन भनेर एक मनले चित्त बुझाउँछु । मैले एकदिन केन्द्रबाट खानीखोलामा फण्ड ट्रान्सफरका लागी आउनु भएका साथीसँग पनि यस विषयमा कुराकानी गरें । तपाईंले त जमानामा पाउनुपर्ने, हामी यति सालेले त पाइसक्यौ भने तपाई त झन् हामीभन्दा अघिको पो हुनुहुँदाे रैछ, । तपाई हामी भनेको फलाना जि.एम. सावले नियुक्ति गरेको मान्छे । उहाँले नियुक्ति दिएका मान्छेमा गोल्ड मेडल लिन बाँकी कोही पनि छैन तपाई एकजना कसरी छुटनुभो भन्ने जस्ता कुरा उठाएर मलाई उल्लीबिल्ली लाए ।

त्यही रन्कोमा एकदिन त्यही फाँटका शिवा साथीलाई फोन गरे । के भएको रहेछ बुझ्छु भनेर फोन राखे । शिवालाई हास्यव्यङ्ग्यमा चिनाउन मैले निकै सहयोग गरेको थिएँ । हाम्रो बीच यही नातोे नै काफी छ चिनाउन । शिवाले मैले भनेको केही दिनपछि शनिवारको दिन फोन गर्नुभो । तपाईले त दुई वर्ष पहिले नै पाउनुपर्ने रहेछ, के भएर छुट्यो, तपार्इंले भनेपछि खोतलेर हेर्दा पो देखियो त । यसपाली पाउने लिस्टमा पनि तपाईको नामै थिएन । एउटा निवेदन दिनुस् एसपाली पक्का पाउनुहुन्छ । मैले हाँस्दै भने– हेर्नुस् शिवा सर, निवेदन हालेर गोल्डमेडल मलाई लाउनु छैन । यो मेरो जागिरे अधिकार भएर मात्रै तपाईलाई सम्झाएको हुँ । मेरो कारणले तपाईलाई अप्ठ्यारो पर्छ भने मेरो नाममा आएको प्रमाणपत्र र तक्मा सवभन्दा ठूला प्रमुखलाई लाइदिनु, उहाँले मान्नु भएन भने तपाई आफै लाउनुस् भनेर ठट्टैमा आफ्नो कुरा राखेँ ।

मेरो कुराले उहाँलाई निकै घत परेछ कि क्याहो हाँस्दै कुराकानी गर्दै हुनुहुन्थ्यो । त्यसपछि उहाँले फलाना सरलाई दिन्छु भन्दै फोन सार्नु भो । उहाँले पनि निवेदन माग गर्नुभो, मैले २६ वर्ष भो हास्यव्यङ्ग्यको सेवा गर्दै हिँडेको । आजसम्म मैले पुरस्कार चाहियो भनेर कहिँ पनि निवेदन हालेको छैन । उहाँहरू स्वंयले बुझेर दिन्छन् । तक्मा, विभुषण, पुरस्कार भनेको निवेदन हालेर लिइँदैन जानेर दिनुपर्छ सर भन्दै मैले हाँस्दै ठाडो जवाफ दिएँ । हवस् त है भन्दै फोन राखेँ । शिवा र उहाँ बीचमा के के कुरा भो मलाई थाहा छैन । केही दिनपछि शिवाको फोन आयो । उहाँले फोनमा भन्नुभयो– यसपाली पाउने हुनु भो है । मैले ठट्टा गर्दै भने– निवेदन नै नदिइकन कसरी पाउने भएँ त ? त्यसपछि दुवैको लामो हाँसो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x