साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुस्कान

Nepal Telecom ad

बूढाबूढी, केटाकेटी तथा गृहणीमात्र रहेकाले राजुलाई गाउँमा बस्न लाज लाग्यो । बेरोजगार भए पनि खेतीपाती गरेर परिवार पालेकै थियो ।
‘कस्तो लाछी लाठे रहेछ ! यसो अरबतिर जानु, पैसा कमाउनु !
राजुलाई यो वाक्यले बारम्बर ठुँगिरह्यो । त्यसैले ऋण गरेर भए पनि स्थानीय एजेन्टमार्फत् ऊ खाडीतिर लाग्यो ।

मरुभूमिको प्रचण्ड धूप, खाना तथा पानीको कमी, कामको चाप एवं साहुको पेलानबाट राजु निरुत्साहित भयो । उदास भयो । डिप्रेसनको शिकार भयो । उसको मुखमण्डलबाट मुस्कानको लाली सर्लक्क पुछियो ।

श्रीमतीले उसको छायाछवि खोज्दै फोनमा भनी – ‘तपाईं त कस्तो निष्ठुरी ! विदेश गएको दुई वर्ष भयो, एउटा फोटो पनि नपठाउने ?’

पर्वको दिन उसले कामबाट छुट्टी पायो । साथीहरुसँग मिलेर ऊ एउटा ठूलो सपिङ मलमा गयो । यता र्हेयो, उता हेर्यो । धेरै ठाउँमा सोध्यो । अन्त्यमा फुटपाथमा गएर एक जोर राम्रा कपडा किन्यो ।
पाश्र्वमा गगनचुम्बी महलहरू आउनेगरी साथीलाई एउटा फोटो खिच्न लगायो । कपडा चम्किला भए पनि उसको अनुहार औंशीको रातजस्तै थियो ।

‘कमसेकम फोटो खिच्ने बेलामा त एकपटक हाँस् !’
यन्त्रमानवले झैँ यन्त्रवत् चिज–हाँसो हाँस्यो, खिसिक्क ।

उसकी श्रीमती फोटो हेरेर दङ्ग परी – ‘आहा ! मेरा श्रीमानले त खुब सुख पाउनुभएको रहेछ विदेशमा । ठूलो सहर, राम्राराम्रा कपडा अनि मीठो मुस्कान‘ !’

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x