प्रदीपरत्न शाक्यम समयको प्रतिद्वन्द्वी
पहिरेर फेदैमा पुर्यायो
छछल्काउँदै आँसुमा आँखा चिच्याए ।
मैले मन थामेर भनें
हिम्मत नहार !
समय वशमा छैन अहिले ।
खुट्किला सबै भट्किएर गए
अत्तालिंदै खुट्टाले भने ।
सम्हालिंदै मैले भनें
उत्साह नछाड !
समय वशमा छैन अहिले ।
राहत, खुल्ला फाँटले
बाँच्ने बानी नै दिएन
शर्महरूले बाँधिएर अङ्गहरू
रोदन स्वरमा गुञ्जिए ।
बिरक्त, चिच्याई थामिँदै
सम्य भएर मैले भनेँ,
के गरुँ खै ?
समय मेरो वशमा छैन ।
वस्
मसँग छ त धैर्य,
जो तिमीहरूलाई दिन खोजिरहेको छु ।
मान्छे हुँ
समयको प्रतिद्वन्द्वी,
हारहरूले जिस्काए त के गरुँ ?
चुपचाप कैदी नै भएर
सहनशिलतामा कैद भै देऊ !
सायद यो झेलहरूको सजायँ होला ।
हो म मात्र चाहन्छु
मेरो म भित्रको मानव नभत्कियोस् ।
मेरो म भित्रको चमत्कारी नबिगरियोस् ।
भत्किन देऊ !
पुरिन देऊ !
ताण्डव हो यो उसको,
नढाकुन्जेल ऊ
जति भौतिक क्षति हुनु छ हुन देऊ !
आखिर म मान्छे त हुँ
संघर्षको यो मैदानमा
प्रकृतिकै रुप हुँ
थाम्न त देऊ !
ऊ मेरै वहशमा हुनेछ ।
वश
मलाई तिमीहरूको साथ चाहिन्छ
नभत्किएको ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































