साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म समयको प्रतिद्वन्द्वी

Nepal Telecom ad

पहिरेर फेदैमा पुर्यायो
छछल्काउँदै आँसुमा आँखा चिच्याए ।
मैले मन थामेर भनें
हिम्मत नहार !
समय वशमा छैन अहिले ।
खुट्किला सबै भट्किएर गए
अत्तालिंदै खुट्टाले भने ।
सम्हालिंदै मैले भनें
उत्साह नछाड !
समय वशमा छैन अहिले ।
राहत, खुल्ला फाँटले
बाँच्ने बानी नै दिएन
शर्महरूले बाँधिएर अङ्गहरू
रोदन स्वरमा गुञ्जिए ।
बिरक्त, चिच्याई थामिँदै
सम्य भएर मैले भनेँ,
के गरुँ खै ?
समय मेरो वशमा छैन ।
वस्
मसँग छ त धैर्य,
जो तिमीहरूलाई दिन खोजिरहेको छु ।
मान्छे हुँ
समयको प्रतिद्वन्द्वी,
हारहरूले जिस्काए त के गरुँ ?
चुपचाप कैदी नै भएर
सहनशिलतामा कैद भै देऊ !
सायद यो झेलहरूको सजायँ होला ।
हो म मात्र चाहन्छु
मेरो म भित्रको मानव नभत्कियोस् ।
मेरो म भित्रको चमत्कारी नबिगरियोस् ।
भत्किन देऊ !
पुरिन देऊ !
ताण्डव हो यो उसको,
नढाकुन्जेल ऊ
जति भौतिक क्षति हुनु छ हुन देऊ !
आखिर म मान्छे त हुँ
संघर्षको यो मैदानमा
प्रकृतिकै रुप हुँ
थाम्न त देऊ !
ऊ मेरै वहशमा हुनेछ ।
वश
मलाई तिमीहरूको साथ चाहिन्छ
नभत्किएको ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रङ

रङ

प्रदीपरत्न शाक्य
सुन्दरी

सुन्दरी

प्रदीपरत्न शाक्य
नयाँ सडक

नयाँ सडक

प्रदीपरत्न शाक्य
स्वर्गमा दैत्य

स्वर्गमा दैत्य

प्रदीपरत्न शाक्य
बन्दुकहरू

बन्दुकहरू

प्रदीपरत्न शाक्य
क्रान्ति

क्रान्ति

प्रदीपरत्न शाक्य
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x