साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शठ जति सबै पण्डित भए

Nepal Telecom ad

कठै नेपालीको रहर किन हो मासिन गयो
नदी सेती जस्तै तल तल अहो भासिनगयो
खरानी भो सारा अनल जगमा दन्किन गयो
हरे मान्छे आफैं किन किन त्यसै सन्किन गयो

छ जो लाटो सोझो दलित बिचरो रुन्छ मनमा
न पायो साथीले तिउन गतिलो बस्त्र तनमा
अभावै भो साथी दिन दिन अझै आश तुहियो
सुकुम्बासी बन्दै वन वन डुल्यो बास चुहियो

न गाई गोठैमा न त पशु कुनै पाल्न सकियो
अभागी खम्बा त्यो न धन बटुली ढाल्न सकियो
अहो हेर्दा हेर्दै जगत सजिलै फेरिन गयो
नेपाली माटो यो किन किन सखे घेरिन गयो

न हामी बैरी हौँ मनुज सबको यो जगतमा
न बोकी हिड्छौं रे जहर बदलाको रगतमा
सह्यौं पीडा धेरै तर पनि हिड्यौं अग्नि पथमा
न पायौ गाडा नै न त टक टके अश्व रथमा

मनीषी नेपाली अनसन बसे दण्डित भए
हरे के हो पारा ? शठ जति सबै पण्डित भए
बिलौना के लेखौं ? गह दह भयो ताप थपियो
अरे मान्छे तेरो मन गगनमा पाप थपियो /

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x