साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुकरवर्गाय नमः

Nepal Telecom ad

ओ ! जुकरवर्ग ! !
उठेदेखि नसुतेसम्म,
सुते पनि सपनाभरी
तिम्रै स्मृतिमा छु ।

चढाउँछु तिमीलाई
शब्दहरू लेखेर
फक्रिएका गुलाफसरी
अन्त कहाँ राखुँ
अर्पेर तिमीलाई
यादगार तस्वीरहरू
ढुक्क छु अचेल
एल्वम हराओस् बरु ।

प्रेमपत्र बोक्ने
परेवा बनेर तिमी
उड्छौँ विजुली वेगमा
सागरको उसपारसम्म ।

उत्सवहरू तिम्रै लागि
यात्रा र दृष्यहरू पनि
सँस्कृति–विकृति
सवै सवै तिम्रै लागि ।

ओ जुकरवर्ग !
मैले लाएको सुन्दर वस्त्र
मैले खाएको
स्वादिला परिकार ।
म बस्ने सुन्दर घर
अर्पन्छु पहिले तिमीलाई
ओम श्री जुकरवर्कार्पणमस्तु !!

भ्रमको पुस्तकले छोपेर
तिमीसँगै जिस्कन्छन्
विद्यार्थी जस्ता प्रेमी प्रेमिका
कर्तव्य विमुख गुरुजन
तलबको लाज नराख्ने कर्मचारी
भाषणवाज नेताहरू
सबै सबै देख्छु
तिम्रै आराधनामा ।

हो, मार्क जुकरवर्ग
तिम्रै मात्र पूजामा ।
तिम्रै चौतारीमा बसेर
सुसेल्दा सुसेल्दै
स्वास्नी पोइल हिँड्छे
कसैको लोग्नेले सौता हाल्छ
छोरी मात्र हैन
बुहारी समेत वेपत्ता हुन्छे
छोरा वरालिन्छ बेफिक्री
बाबु आमा बिग्रन्छन् ।

हजुरबा हजुरआमा पनि
फोटोहरूले ढाँट्दै
किशोर किशोरी झैं इत्रिन्छन् ।

ओ जुकरवर्ग !
पुनर्मिलन गराउँछौ प्रेमीको
नजिक पार्छौ टाढाकालाई
नबोल्ने बनाउँछौ
आफ्नै परिवारसँग ।

तिमी दूर छौ
तर तिम्रो मन्दिर छ
मस्जिद, चर्च छ
गुम्वा गुरुद्वार छ
मेरै मोबाइलमा
ल्यापटप र ट्याबलेटहरूमा
तिमीमै रत छु रातदिन म ।
त्यसैले भन्छु
ओम श्री जुकरवर्गाय नमः ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x