साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिसाब, हिसाब, हिसाब

Nepal Telecom ad

अन्तर्राष्ट्रिय सञ्चार–प्रणाली र व्यापार विषयक सेमिनारमा भाग लिएर स्वदेश फर्किएको मन्त्रीलाई लिन गएको आफ्नो पिएसँग कारभित्र छिरेपछि मन्त्री सोध्छ–
‘के छ खबर ?’
‘हजुर हाम्रो पार्टीका वृद्ध नेता शुक्रनाथ बित्नु भयो ।’
‘अनि दयारामले कमिसनको हिसाब दियो ?’
‘हजुर, रसुवामा पहिरो गएर चालीस परिवार बेपत्ता भएका छन् ।’
‘हरि कुमारले बाँकी कमिसन दियो ?’
‘बागमतीको बाढीले सर्लाही र रौतहट डुबाएको छ हजुर, पचास परिवार बेपत्ता छन्, दर्जनौँको मृत्यु भएको छ र सैयौँ बिचल्लीमा परेका छन्, राष्ट्रिय रुपमा राहतको घोषणा भएको छ ।’
‘हरि कुमार र दयारामले कमिसनको हिसाब बुझाए कि बुझाएनन् ?’
‘बुझाए हजुर ।’
सन्तुष्ट मन्त्री झ्यालबाहिर घुर्न थाल्छ ।
पिए अन्तिम दुःखद खबर मनमै झुन्ड्याएर चुप हुन्छ ।

‘अभिव्यक्ति’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x