साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार विरुद्ध हास्यव्यङ्ग्य यात्रा

Nepal Telecom ad

हास्यव्यङ्ग्य साहित्य–कलाको माध्यमबाट समाजिक रुपान्तरणमा लामो समयदेखि कृयाशील सिस्नुपानी नेपालले राष्ट्रिय सतर्कता केन्द्रसँगको सहकार्यमा चौथो चरणको सिस्नुपानी राष्ट्रिय सतर्कता हास्यव्यङ्ग्य यात्रा आयोजना गर्ने भएको छ ।

यही २०७३ असार ६ गतेदेखि सुदूर पश्चिमी सहर महेन्द्रनगरबाट प्रारम्भ गरी ७ गते सुर्खेत, ९ गते प्यूठान र १० गते पाल्पा हुँदै ११ गते तनहुँको दमौलीमा समापन गर्ने छ । ‘भ्रष्टाचार विरुद्ध आवाज उठाउनु हामी सबैको कर्तव्य हो र यही कर्तव्यवोधलाई मध्य नजर गर्दै हामी निरन्तर यस कार्यमा लागेका हौँ ।’ सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले बताए ।

उनले भने– ‘सामाजिक जिम्मेवारी बोकेका सरकारी वा गैर सरकारी जुनसुकै निकायका जिम्मेवार व्यक्तिहरूमाझ सामाजिक तथा राष्ट्रिय हितका पक्षमा जिम्मेवारी वोध होओस् भन्ने उद्देश्यले यस कार्यक्रममा सरकारी निकायका प्रतिनिधिहरू, कर्मचारीवर्ग, सरकारी कामकाजमा सम्पर्क भइरहने स्थानीय बुद्धिजीवी, लेखक, पत्रकार, विद्यार्थी तथा नागरिक समाजका व्यक्तिहरू एवं सर्वसाधारणलाई समेत सहभागी गराई हास्यव्यङ्ग्यात्मक शैलीमा संस्थाका कवि कलाकारहरूले कविता, गीत तथा प्रहशनका माध्यमबाट मनोरञ्जन मिश्रित चेतना वृद्धि गरिने छ ।’

सिस्नुपानी नेपालले २०६९ बैशाखमा पहिलो चरण, २०७० साल वैशाखमा दोश्रो चरण र २०७१ साल फागुन महिनामा तेश्रो चरण गरी मुलुकको तराई तथा पहाडका प्रमुख १८ सहरहरूमा सिस्नुपानी राष्ट्रिय सतर्कता हास्यव्यङ्ग्य यात्रा शीर्षकमा भ्रष्टाचार विरुद्ध चेतनामूलक कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x