साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असार लागेपछि !

Nepal Telecom ad

सलाइले मुढो पोल्न सकिन्छ
पानीमा अलकत्रा घोल्न सकिन्छ
पैसा असिनासरि ह्वारह्वारी बर्सिन्छ
हुण्डिमुण्डीमा हिसाब किताब फर्सिन्छ
असार लागेपछि, मेरो देशमा ।

माटोको दलदल हुन्छ, तर हिलो हुँदैन
सिमेन्टीमा जति धोकौं पानी, गिलो हुँदैन
टेबुल माथिको उज्यालो शत्रु झैं लाग्छ
टेबल मुनिको अँध्यारो मित्रु झैं लाग्छ
छिनभरमै बन्न सक्छिन् लक्ष्मी दाहिना
त्यसैले त विशेष छ साथी यो महिना ।

मानो रोपेर मुरी कमाउने आशामा कोही
माखो नमारी धुरी ठड्याउने आशमा कोही
हजार जिभ्रावाला शेषनागले पनि बर्णन गर्नै नसक्ने
यस्तो अपार महिमा छ साथी असारको
विकासको पथमा जुकासरि लम्केको मेरो देशमा ।

भट्टाहरूमा सन्नाटा छाउँछ
भट्टीहरूमा दशैं आउँछ
यन्त्रालयहरूमा यन्त्र ठुस्किन्छन्
वेश्यालयहरूमा गुन्द्री फेरिन्छन्
हिजोको खुरिखण्डी ढाँडमा
रातारात गुलाफ फक्रिन्छ
चमेनागृहहरूमा बेमौसममै क्रिस्मस् भित्रिन्छ
हो साथी, संसारमै कहिँ नभएको हुन्छ
असार लागेपछि, मेरो देशमा ।

२०७३ असार २
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x