साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढा शासन

Nepal Telecom ad

हिँड्दा हिँड्दै एक दिन
अनायास बास पर्यो
दशरथचन्दको पालिमा
सोधे– देशको खबर
मैले पनि बताइदिएँ सीधा कुरो
जनाताका नोकरहरूको दादागिरी
बिकासका बाधकहरूको नाटक
कमिशनखोरहरूको रोकावट
भनिदिएँ– बेफिक्र भएर
रामले सुने, पुन्यले सुने
त्यो भन्दा पनि कान थापेर त
दशरथकै सालिकले सुने ।
कसैले भन्यो– यो त
सुनाउन पर्ने जिउँदाहरूलाई !
रामले थपे–
कानभरी कानेगुजी छ तिनका
पुन्यले थपे–
आँखाभरी बादल छ तिनका
आफू गरूँ भन्छु
च्यानलको घेरा देख्छु
ठुलाहरूको हप्की सुन्छु
उनीहरूको जिभ्रो
तल नालिसम्मै गाडिएको देख्छु
उहिले, तपाईंको पालामा
राणा शासन थ्यो
अहिले हाम्रा पालामा
साँढा शासन छ !!

काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x