साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केन्द्राध्यक्षको बयान

Nepal Telecom ad

माओवादी केन्द्राध्यक्ष कमरेड प्रचण्डले एक कार्यकर्ता भेलामा ‘म साह्रै बिग्रिएछु’ भनेको सुन्दा कार्यकर्ता एकछिन त आश्चर्यचकित भएछन् । झुक्किएर उनको मुुखबाट यस्तो कुरा फुत्किएको हो कि भनेर उनीहरूले खासखुस गर्दा गर्दै प्रचण्ड भटाभट आफू बिग्रिएको दलिल पेस गर्दै गए–

‘म साह्रै बिग्रिएछु । पार्टीलाई पनि बिगारेछु । युद्धका समयमा पनि तपाईं कार्यकर्ताले सधैँ सुरक्षा घेरामा राखेर, ज्यानै दिएर हामी नेतालाई जोगाउनु भयो । के के न भइयो भन्ने अनुभूति भएछ कि क्या हो, त्यही बेलादेखि नै म बिग्रन थालेछु । म हौसिन नजान्ने मान्छे, अलिकति कसैले पम्प लगायो कि हसस्स फुलिहाल्ने । यो हौसिने बानीले पनि म बिग्रिएछु ।

तपाईंहरूले मलाई चाहिने भन्दा बढ्ता महत्व दिएर पनि बिगार्नु भएछ । तपाईंहरूले त्यत्रो ठूलो क्रान्तिको कमान्डर बनाउनुभयो, आजीवन पार्टीको अध्यक्ष बनाउनुभयो । हुँदा हुँदा तपाईंहरूले प्रचण्डपथको थेगिनसक्नुको पगरी लगाइदिनुभयो । मेरो नाममा एउटा नयाँ विचारधारै स्थापित हुन लाग्दा म कति हौसिएँ कति ! ठाउँ ठाउँमा जाँदा कार्यकर्ताले लगाइदिएका २०, ३०, ५० किलोका माला र खादाले थिच्दा मेरो मन कति भड्कियो होला ? कतै आफू अर्के ग्रहबाट आएको पो हुँ कि जस्तो भएछ । तपाईंहरूले मेरो देवत्वकरण नै गर्नुभयो । त्यसपछि मैले भुइँ छाडेछु ।
पहिलो संविधानसभाको नतिजाले त झन् मलाई कहाँ पु¥यायो कहाँ, कुरै नगरौँ । मेरा त आँखा, दिमाग सबै बन्दजस्तै भएछन् । शरीरमा देउता चढेजस्तो भएछ । म त कता कता आकाशमा उड्न थालेछु । माथिबाट यसो हेर्दा कांग्रेस र एमाले मात्र होइन, बाबुराम, मातृका, बादल र वैद्यजीहरूलाई पनि ससाना भुसुनाजस्ता देख्न थालेछु । गिरिजा, देउवा, माधव नेपालहरू कता बिलाए कता । ओलीजीको त मलाई नाम पनि याद भएन त्यसबेला । त्यो अन्ध उडानले म झन् बिग्रिएँछु ।

मलाई बिगारेर ध्वस्तै पार्न खाजेको सञ्चार माध्यमहरूले पनि हो । देश विदेशका सञ्चारमाध्यमहरू कसरी मेरा पछि लागेका थिए, तपाईंहरूलाई थाहै छ । एउटा पत्रिकाले एकै अंकमा मेरा पचासवटासम्म फोटो छापे । टेलिभिजनका जुन च्यानल खोल्नोस्, मेरै झर्झराउँदो अनुहार । जुनसुकै रेडियो बजाउनूस्, मै बजिराखेको । हुँदा हुँदा म शौचालयमा छिर्दा पनि पत्रकारहरू बाहिर ढोकामा कान थापेर बस्ने र भोलिपल्टका समाचारमा ‘प्रचण्डज्यूको पेट गडबड’ भनेर समाचार लेख्नेसम्म गरे । यस्तो भएपछि मान्छेको मन बिग्रिँदैन ? यसरी म बिग्रिँदै गएँ, बिग्रिँदै गएँ । तर, दोस्रो संविधानसभाको निर्वाचन परिणामले ड्याङ्ग्रयाङ्ग भुइँमा पछारेपछि मैले आफू बिग्रिएको कुरा छ्याङ्ग थाहा पाएँ र त्यसपछि म बिस्तारै सुध्रिन थालेको हुँ । देखिहाल्नुभयो, अहिले म धमाधम सुध्रिँदैछु ।’

केन्द्राध्यक्षका कुरा सुनेर कार्यकर्ताले खूब ताली पिटेछन् । तर, यो ताली पिट्ने वा खुसी हुने कुरा होइन कमरेडहरू ! प्रचण्डजीका कुरा ज्यादै अनौठा र अस्वाभाविक छन् । कुनै नेताले म बिग्रिएछु भनेर सार्वजनिक रूपमा घोषणा गर्छ भने सम्झनूस् त्यो नेता अबचाहिँ बिग्रन थालेछ । नेपाली नेताले आजसम्म आफूले गरेका काममा पश्चात्ताप गरेको कहिल्यै कसैले सुनेको, देखेको छ ? छैन । उसो भए कमरेड प्रचण्ड सुध्रिन होइन, बिग्रिन थालेका हुन् । कार्यकर्तालाई चेतना भया !

नेपाल, असार १, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x