साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पूर्व विशिष्टहरुलाई सुबिधाको सलाम !

Nepal Telecom ad

सत्तामा पगरी गुतेर जसले, रित्याउथे कोश नै
अग्ला बिल्डिङमा सुतेर जसले, सिध्याउँथे कोश नै ।
जस्को देश–विदेश बैक घरमा, टन्नै छ पैसा धन
त्यै बन्दैछ विशिष्ट–शिष्ट अहिले, सर्कारका सज्जन ।।१।।

हाम्रा पूर्व विशिष्ट के गरिप छन् ? वा त्याग अग्लो छ ता
तिन्का के इतिहास छन् मुलुकमा, वा सिर्जना– सभ्यता ।
निस्वार्थी कि त त्याग–मूर्ति उपमा, छन् यी पुराना– गण ?
उन्लाई सुबिधा दिएर कहिल्यै, बन्दैन क्वै सज्जन ।।२।।

भ्रष्टाचार अपार भो विगतमा, यै शिष्टका कालमा
उन्लाई सुबिधा दिने किन भन्यौ ? दुर्भिक्ष यो कालमा ।
जाच्द्यौ पूर्व विशिष्टका धन बरू, भूकम्प पीडा बुझी
धेरै सम्पति जफ्त गर्न कसिए, सत्न्याय हुन्थ्यो खुशी ।।३।।

भो भो पूर्व विशिष्ट शिष्ट बनिद्यौ, रालै नकाट्द्यौ अब
तिम्रा देन अपूर्ब त्याग बबुरो ! देखाउने के छ र ?
धेरै चुस्न हुँदैन है मुलुकको, रित्तीसक्यो कोश नै
गीता पढ्न छुट्यो कि पूर्व रथि हो ! सत्सङ्ग खोजून् सबै ।।३।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x