साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानु जयन्तीमा रिमालदम्पती सम्मानित

Nepal Telecom ad

आदिकवि भानुभक्त आचार्यको २०३ औँ जन्मजयन्तीका अवसरमा एम्बिसन एकेडेमी उमावि, मध्यवानेश्वरमा विशिष्ट साधक सम्मान तथा उपत्यकाव्यापी अन्तरविद्यालय स्तरीय रामायण वाचन प्रतियोगिता सम्पन्न भयो ।

विष्णुकुमार घिमिरेको सभापतित्वमा सम्पन्न उक्त विशेष समारोहमा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले रेडियो नेपालका प्रथम गायक, नाट्य निर्देशक तथा अभिनेता हरिप्रसाद रिमाल तथा रेडियो नेपालका कुशल समाचार वाचक श्रीमती कल्याणी रिमाललाई सम्मान गर्नुभयो । उहाँले भानुभक्तले नेपाली भाषा साहित्यको विकास र विस्तारमा पुर्याएको योगदानको चर्चा गर्दै यस्ता देशका विभूतिको योगदानको रक्षा र सम्मान गर्न वर्तमान सरकार विशेष योजनाका साथ अगाडि बढिरहेको विचार व्यक्त गर्नुभयो । साथै नेपाली नाटक, गीत, सङ्गीत तथा सञ्चार क्षेत्रमा हरिप्रसाद रिमाल र कल्याणी रिमाल दम्पतीले पुर्याएको विशेष योगदानलाई नेपाली माटो र मनहरूले कहिल्यै नभुल्ने हुनाले उहाँ र उहाँहरू जस्तै विशिष्ट साधकहरूको जीवित अवस्थामा नै सबै क्षेत्रबाट कदर हुनुपर्ने चर्चा गर्नुभयो ।

उक्त अवसरमा आयोजित उपत्यकाव्यापी अन्तरविद्यालय स्तरीय रामायण वाचन प्रतियोगितामा २१ विद्यालयका ४२ जना विद्यार्थीहरूले रामायणका श्लोकहरूको सस्वर वाचन गरेका थिए । जनगायक रामकृष्ण दुवाल, कवि प्रभा भट्टराई र कवि डा. देवी नेपाल निर्णायक रहेको उक्त प्रतियोगितामा लिटिल एन्जल्स स्कुल, ललितपुरका आर्यन सोनार प्रथम, सैनिक महाविद्यालय, भक्तपुरकी सुदीपा कार्की द्वितीय, भक्तपुर निस्ट स्कुलकी प्रनिशा पहाडी तृतीय र भानुभक्त मेमोरियल स्कुलका पुकार धमला र इपिएस स्कुल, काठमाडौँकी श्रेया श्रेष्ठ सान्त्वना घोषित भए ।

भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा. व्रतराजआचार्यले पुरस्कृत विद्यार्थीहरूलाई नगद पुरस्कार, भानुभक्तीय रामायण र प्रमाण पत्र प्रदान गर्नुभयो । उक्तकार्यक्रममा कल्याणी रिमाल, डा. देवी नेपाल, देवी घिमिरे र ज्ञानु विद्रोहीले आदिकवि भानुभक्त र रिमाल दम्पतीका बारेमा प्रकाश पार्नुभयो भने जनगायक रामकृष्ण दुवाल र कवि प्रभा भट्टराईले आफ्ना गीत र कविताहरू प्रस्तुत गर्नुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x