साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्तमानका साँढे

Nepal Telecom ad

(गाईजात्रा– २०७३)

रमाए नेपाली फुल अबिर छर्के मन भरि
नयाँ राम्रा देखे सुखद सपना आँगन भरि
झपक्कै डालीमा फुल र फल हाँगा तल झुके
सुकेका खोल्सामा कलकल अनौठा भल फुटे ।

बिहानीको हावा सिरसिर अहा ! मन्द गतिमा
ननाचे नाचे झैँ किरण छरि नाच्यो अरुणिमा
नदिमा बग्दैछन् विगत दिनका फोहर ढल
धरा मेरी हाँसिन् खितखित रमाई पलपल ।

बग्यो मेरो रातो रगत धमनीबाट शिरमा
चले नाडी मेरा अवयव खुले झैँ शरीरमा
यता हेर्यो नाङ्गो बगर पनि देखेँ लहलह
उता हेर्यो बाङ्गगो बिकट पथ देखेँ सललल ।

बृथा भो जे देखेँ मधुर सपना कुण्ठित भयो
उज्यालोमा रम्ने रहर मनुको दण्डित भयो
गए केही साँढे अलि पर किनारातिर पसेँ
हजारौँका साँढे ढलमल डकार्दै वर बसे ।

गरी आलोपालाे ढिकुटी सब पोल्टाभरि लिन
लडे जस्तो गर्छन् सदनतिर चक्मा अझ दिन
उनैका गोटीभै बहस अब गर्ने दिन गए
शिरा खोजौँ नौलो प्रगतिपथ रोज्ने मन भए ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
लय ताल फेर्न

लय ताल फेर्न

प्रकाश चापागाइँ
खान्न पुग्यो अघाएँ

खान्न पुग्यो अघाएँ

प्रकाश चापागाइँ
खम्बा उखेल्नेसित

खम्बा उखेल्नेसित

प्रकाश चापागाइँ
पैसा

पैसा

प्रकाश चापागाइँ
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x