साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लीलाध्वज स्रष्टा सम्मान डा.बराललाई

Nepal Telecom ad

२०७४ मंसिर ९, काठमाडौं । लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ट आख्यानकार गीता केशरीले डा. कृष्णहरि बराललाई  height=“लीलाध्वज स्रष्टा सम्मान” प्रदान गर्नु भयो ।{{read_more}} सोहि कार्यक्रममा मुक्तककार निर्मल रमण पराजुलीद्वारा रचना गरिएको “अक्षरको खेती” नामको मुक्तकसंग्रह समेत लोकार्पण भयो ।

कार्यक्रममा डा. कृष्णहरि वराल, ज्ञानुवाकर पौडेल, राधेश्याम लेकाली, कलानिधि दहालले आ आफ्नो मन्तव्य र रचना वाचन गर्नु भएको थियो । यसैगरी सो कार्यक्रममा त्रिभुवनचन्द्र वाग्ले, हरि गौतम, मिशन अधिकारी, बैरागी जेठा, मुकुन्द न्यौपाने, निर्मल पराजुली, राधा कार्की, सुन्दरबहादुर खड्का, भुवन शिवाकोटी, गुप्तबहादुर श्रेष्ठ, मानन्धर अभागी, ठाकुर शर्मा भण्डारी, प्रकाश बस्नेत ‘गफाडी’, गोविन्द नेपाल, दुर्गा तिवारी, देवकी तिमिल्सिना, गीता खनाल, आभा खतिवडा, कुशुम शर्मा, बेनीबहादुर थापा, उर्मिला पन्त पाण्डे, रश्मी रिमाल, विष्णु विछोड, नारायण भण्डारी जनकपुरी, टिएन भट्ट ‘गंगा पुत्र’, सानु शर्मा, रीता खतिवडा, महेश प्रसाद रिजाल, केशवराज अर्याल, विद्यादेवी भण्डारी, सुषमा बडाल, सुशीला खड्का ‘हसिना’, नमराज घिमिरे र विजयध्वज थापाले पनि आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

स्रष्टा सम्मानबाट सम्मानित हुनुहुने डा. कृष्णहरि बरालले लीलाध्वज थापाको उपन्यास बारे चर्चा गर्नुहँुदै उहाँको नामबाट सम्मान पाएकोमा गौरवान्वित भएको भन्नुहुंदै साहित्यको विविध विधाको चर्चा गर्नुभयो ।

प्रमुख अतिथि गीता केसरीले कार्यक्रम बारे प्रकाश पार्नुहुंदै कार्यक्रमको प्रशंसा गर्नुभयो । विशिष्ट अतिथि ज्ञानुवाकर पौडेलले कार्यक्रमको समीक्षा गर्दै गजल बारेमा प्रकाश पार्नु भयो र प्रतिष्ठानका अध्यक्षलाई यस प्रकाले कार्यक्रम सन्चालन गर्दै आएकोमा बधाई एवं धन्यवाद ज्ञापन गर्नु भयो । अन्त्यमा अध्यक्ष विजयध्वज थापाले धन्यवाद ज्ञापन गर्दै सम्मान ग्रहण गतिदिनुभएकोमा खुशी व्यक्त गर्नु भयो ।

चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा भएको सो कार्यक्रममा श्री रामप्रसाद पन्तले स्वागत मन्तव्य दिनुभएको थियो भने सुशीला खड्का ‘हसिना’ले कार्यक्रम संचालन गर्नुभएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x