साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहरा साहित्य समाजको २६औं कार्यक्रम 

Nepal Telecom ad

मनोहरा साहित्य समाजको २६औं कार्यक्रम ९ मङ्सिरमा पुरानो सिनामंगल, पेप्सीटाउन प्लानिङमा रहेको ग्लोबल पब्लीक स्कूलमा सम्पन्न भयो । {{read_more}} height=

मनोहरा साहित्य समाजका जसध्वज गुरुङ, सीता सुवेदी, ओमप्रसाद कोइराला, सम्पत काफ्ले, डिल्लीप्रसाद मूलतिहुन, खेमलाल पोखरेल, धरणी शर्मा, डिल्लीराज अर्याल, डा.खगेन्द्र शर्मा, भावकेशर बराल लगायतका कविकवयित्रीहरूले आआफ्नो कविता, मुक्तक, चुटकिला पाठ गर्नुभयो । कार्यक्रममा सभापतित्व रहनुभएका साहित्यकार वेदमणि घिमिरेले वाचित कवितामाथि समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

सभापति घिमिरेले आफूले भरखर देशाटन गरेको रारा विषयको कवितांश सुनाउनु भएको थियो । उक्त अवसरमा महाकवि मोदनाथ शास्त्रीले अतीथिको रुपमा कविताको बारेमा मन्तब्य दिनुको साथै लयात्मक हाइकु सुनाउनु भयो । सो कार्यक्रममा मनोहरा समाजका विकु लामाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गजलगो बूँद रानाले गजल सुनाएर स्रोतामा खुसियाली छर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन शीतल गिरीले गर्नुभएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x