हाँसिरहे भूतहरू
एकादेशको धरतिमाथि, हाँसिरहे भूतहरू
आँखा छोपी कुना पसी, रोइरहे सपुतहरू ।{{read_more}}
बजार थियो अचम्मको, ग्राहक थिए अचम्मका
सढी जान्थे त्याग–सेवा, बिक्री हुन्थे कर्तुतहरू ।
सङ्ग्राम हुन्थ्यो सधैंभरि, योद्धा थिए मुखुण्डोमा
नाजुक हुन्थे वीरहरू, साधु बन्थे “अछुत”हरू ।
जमिन्दारी थियो विशाल, तन्त्र नामको मौजाभित्र
महलभित्र अन्धकारमा, बुझाइन्थे कुतहरू ।
कुनै दिनमा पक्कै खुल्लान्, नेत्र खलपात्रहरूको
पक्कै बुझ्लान् कात्रो हुन्छन्, मल्मल नैनसुतहरू ।
२०७४ पौष १
कौसलटार, भक्तपुर