साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आस्था बेच

Nepal Telecom ad

आस्था बेच इमान बेच पसिना बेच्द्यौ निसाना पनि height=
जङ्गे पिल्लर बेचिद्यौ मुलुका बेच्द्यौ सिमाना पनि {{read_more}}
भाषा संस्कृति बेच शेष छ अझै अस्तित्वनैँ बेचिद्यौ
पानी हैन मुहान बेच गिरिनैँ बेचेर सिद्धयाइद्यौ

आसाका नवपालुवा युवकका यो देश बोक्ने बल
बेचे हुन्छ नराख गुन्द्रुकसरि साँचेर के हुन्छर ?
बेच्द्यौ यौवन यौनका पसलमा चेलीहरूका अनि
आफूँ रित्तिनुको मजा अझ लिँदै बेच्द्यौ बिहानी पनि

बेच्द्यौ निश्छल भावना हृदयका संवेदना बेचिद्यौ
मान्छेका सुविचारयूक्त सपना सद्भावना बेचिद्यौ
बेचे हुन्छ विकासका प्रगतिका बाटा खुलेका जति
चिप्लेटीसित चिप्लिनू जति मजा होला कहाँ के कति

जाऊ बेच जरीबुटी जति सबै गुल्जार सिङ्गो वन
थुप्रै दुर्लभ जीवजन्तु पनि छन् बेच्दै कमाऊ धन
हाम्रो गौरव बेच बिश्वभरिकै अग्लो सिरानी पनि
माटामा किन मोह गर्नु र सधैँ बेकारको धङ्धङी

बेच्द्यौ गास र बासका पनि कुरा आफूँ अघाए भयो
शिक्षा स्वास्थ्य कपास पुग्छ कसरी आफैँ रमाए भयो
बेच्द्यौ हर्ष उमङ्गका पल सबै बिश्वास भत्के पनि
बेच्नेकै जित हुन्छ बेच्न नसके डुब्छौ अध्यारो मुनी

चितवन
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
लय ताल फेर्न

लय ताल फेर्न

प्रकाश चापागाइँ
खान्न पुग्यो अघाएँ

खान्न पुग्यो अघाएँ

प्रकाश चापागाइँ
खम्बा उखेल्नेसित

खम्बा उखेल्नेसित

प्रकाश चापागाइँ
पैसा

पैसा

प्रकाश चापागाइँ
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x