साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पराजितहरूका आँखाबाट !

Nepal Telecom ad

विजेताहरूको आँखामा नेपाल height=
भव्य छ , दिव्य छ सुरम्य छ {{read_more}}
पूर्खाको आर्जन छ वीरताको चिनो छ 
टिस्टा र काङ्गडाका कहानी भन्दै गर्दा
ढुकुरे छात्ती पनि नाङ्लो जत्रै हुन्छ 
विजेताहरूको आँखाबाट हेर्दा
नेपाल स्वर्गको पनि स्वर्ग छ !

हामीले आजसम्म घोकेको इतिहास
विजेताहरूको हो 
यही देशमा बस्छन
वहुमत पराजितहरू
तिनीहरूलाई नेपाल कस्तो लाग्दो हो ?

राजधानी नजिकै छ-किर्तीपुर
नकट्टाहरूको देश !
त्यो किर्तीपुरलाई के लाग्दो हो ?
जसले कहिलै सोचेन
गोर्खालीको कुभलो 
कहिलै पानीको मुहान थुनेन
कैलै नून तेल रोकेन
एउटा कमिलो पनि मारेन उसले
गोर्खालीहरूको !

गोर्खा दुर्गम हुनु 
र किर्तिपुर सुगम हुनु 
या किर्तीपूर सहर छिर्ने गौंडामा हुनु 
बस , एत्ति थियो उसको अपराध !

हात उठा भन्दा नउठाउँनु 
र आइलाग्दा जाइलाग्नु
एही थियो उसको अन्तिम अपराध !

मुला काटेझैं नाक कान काटिएका
किर्तीलक्ष्मीका नागरिकहरू
के सोच्दा हुन यो वारे ?
अपसोच भनौं या आश्चर्य
आजसम्म गोर्खालीले
फेर्न सकेनन तिनको दिमाग
हो, त्यो दिमागले के सोच्दो हो ?

एउटा स्वतन्त्र देशमाथि
हस्तक्षेप गर्न आउँने
गोरा फिरङ्गी भए पनि
गोर्खे भिरङ्गी भए पनि
के फरक पर्यो उसलाई ?
टाढाको बाघ दुश्मन
नजिकको बाघ मित्र हुन्छ भनेर
कुन शास्त्रमा लेखिएको छ ?

मित लगाउँछु भनेर बेसी झरेको
रेन्जिन दोर्जेको के दोष थियो होला ?
मित लगाउँने वेला टाउको काट्ने
गोर्खालीहरू कति नैतिक थिए ?
त्यो भयानक घातमा परेका
रेन्जिनका सन्तानहरू के सोच्दा हुन
जसलाई युगौं मासिन्या बनाइयो ?

यो देश जित्नेहरूको मात्र होइन
हार्नेहरूको पनि हो 
म सोच्दै छु 
पराजितहरूको आँखाबाट
यो देश कस्तो देखिदो हो ?

आफूले ढालफाँड गरेको जमीन
जव कसैले एका विहानै मेरो हो भन्छ
जव आफ्नै जमीनमा हलिया हुनु पर्छ
जव आफ्नै जमीनमा
अर्को नाचिरहेको हुन्छ
ऊ फिरङ्गी भए नि के
ऊ भिरङ्गी भए नि के ?

पराजितहरूको आँखाबाट
सवै लुटेराहरूको अनुहार
उस्तै देखिदो हो 
अर्थात एक लुटेरा देखिदो हो !

२०७५|०८|२९
सुवर्ण चोक, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राम राम राम ! हरि हरि हरि !!

राम राम राम !...

बलराम तिमल्सिना
फेरि पनि कमरेडकै कुरा

फेरि पनि कमरेडकै कुरा

बलराम तिमल्सिना
दुई पात्रका दुई कथा !

दुई पात्रका दुई कथा...

बलराम तिमल्सिना
पुत्ला र पुतलीहरू !

पुत्ला र पुतलीहरू !

बलराम तिमल्सिना
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x