साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सकारात्मक सोचौँ

Nepal Telecom ad

दुई तिहाइको सरकार बनेको एक वर्षमा पनि केही भएन भनेर निरास नहोऔँ । {{read_more}} अगाडि बढ्न बाधा गर्ने तगारा एकपछि अर्को गर्दै पन्छाउँदै लगेकाले अब सरकारले  height=गति लिन्छ भन्ठानेर मनमा शान्ति कायम गरौँ । विकास निर्माणका कति काम त भई नै रहेका छन् । मेलम्ची पानी, चक्रपथ, हुलाकी मार्ग, रेलमार्ग, पानीजहाज, पेट्रोल उत्खनन् इत्यादिजस्ता झिनामसिना विकासका कुरा छाडौँ, मुलुकमा पारमाणविक भट्टी नै बन्ने कुरा आइसकेपछि विकासको चिन्ता नगरौँ । करोडौँ, अर्बौं डलरको युरेनियम विदेशतिर निकासी गर्न थाल्ने दिनको कल्पनामा अब चुप लागौँ, धैर्य गरौँ । 
भ्रष्टाचार नघटे पनि सरकारले घटाउँछु भनेको छ । प्रधानमन्त्री स्वयंले नै बारम्बार भ्रष्टाचारीको मुख हेर्दिनँ भनेपछि भ्रष्टाचारीहरू लाजले पानीपानी हुनेछन् भनेर ढुक्क होऔँ । हत्या, हिंसा, बलात्कार र असुरक्षा पनि कुनै दिनदेखि कम होला भन्ने सोचौँ । उदाहरणका लागि, लामो समयदेखि सरकारलाई नराम्रोसँग अल्झाइरहेको निर्मला हत्या प्रकरण त मुल्तवीमा जान लाग्यो भने अरु सानातिना कुराले सरकारलाई बाधा गर्ने कुरै आउँदैन । 

केही समय सुन तस्करी काण्डले पनि सरकारलाई बाधा गरिरहेको थियो । अब त्यसको समस्या पनि समाधान भयो भन्ठानौँ । किनभने, त्यस काण्डमा तस्कर रिहाइ भए पनि रिहाइको आदेश दिने न्यायाधीशहरू कारबाहीमा परिसके । अर्को बाधक वायुसेवा निगमको वाइडबडी भ्रष्टाचार काण्ड थियो । सत्तापक्ष र प्रतिपक्ष दुवैतिरका नाम गाँसिएपछि त्यस काण्डको पनि काण्ड बसिसक्यो ।  

त्यसो त, प्रतिपक्षले पनि चिन्ता गर्नुपर्ने अवस्था छैन । प्रतिपक्षको व्यापार पनि केही समयदेखि नाफामै छ । उसलाई राजनीति गरिरहन सानातिना मरमसला हात परिरहेकै छन् । सडक र सदन तताउने काम गरेकै छ । नारा, जुलुस, प्रहरीसँगको घम्साघम्सी, गिरफ्तारी आदि कर्मकाण्ड सम्पन्न भइसकेकाले जनताको पक्षमा केही न केही गरिरहेको अनुभूति उसलाई भइरहेकै हुनुपर्छ । प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने र उनले देख्ने काम पनि भइसक्यो । पुत्ला जलाउने कर्म पनि सफलतापूर्वक सम्पन्न भयो । आफ्ना नेताका नाम जोडिएका दुई अस्पताललाई संघीय सरकारअन्तर्गत राख्ने मागमा सरकारलाई घुँडा टेकाउन सफल भएको उपलब्धिको बुँदा आफ्नो खातामा परिसक्यो । अब छाया सरकार गठन गरेपछि प्रतिपक्षको भूमिकाप्रति जनताले प्रश्न उठाउने ठाउँ रहने छैन ।

अब के बाँकी रह्यो ? सबै कुरा सकारात्मक नै हुँदैछ । लोकतन्त्र पनि बलियो हुँदैछ । शपथग्रहण गर्न बाँकी जनप्रतिनिधिहरूले शपथ खाइसके । रेशम चौधरी, दीपक मनाङेहरू माननीय भइसके । उनीहरू सफाइ पाउन र रिहा हुन मात्र बाँकी छ । प्रचण्ड कमरेडले अमेरिकालाई थर्काएर सरकार कति बलियो छ भन्ने छनक पनि दिइसके । जति पनि बिघ्नबाधा थिए, सबै अब टरिसके । सरकारलाई गति लिन तगारो तेस्र्याउने डाक्टर केसीलाई मात्रै हो तह लगाउन बाँकी । संसद्को बाहुबल र बहुमत दुवै स्रोत–साधनको प्रयोगद्वारा चिकित्सा शिक्षासम्बन्धी विधेयक पास भइहाल्यो । डाक्टरका राजनीतिक मागको बहानामा चिकित्सकमा फुट पनि आइसकेको हुँदा बिस्तारै केसीभन्दा सरकार बलियो हुने आशा गरौँ । त्यसपछि समृद्धिको यात्राले गति लिन्छ भन्ठानौँ । केही भएन भनेर धेरै टाउको नदुखाऊँ, केही न केही हुँदैछ भन्ने मानौँ । सकारात्मक सोचौँ । सकारात्मक सोच्यो भने बाँच्न सहज हुन्छ ।

नेपाल, माघ २४, २०७५
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x