साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिर्खेको हलो

Nepal Telecom ad

पोहर खेत जोत्दै गर्दा बिर्खे
काङ्ग्रेसीहरू आए
जमिन जोत्नेको
घर पोत्नेको भनी
मिठा नाराहरू घन्काए
उसलाई बेसरी उक्साए
उसकै घरमा बसी
मासु भात खाए,
विचरो बिर्खेलाई
पर्चाहरू बोकाए, ठेलीहरू थमाए
बमहरू थमाए, पुलिसले उसैलाई समाए
प्रजातन्त्र ल्याएपछि छानी छानी
नेताले राम्रो पद लत्याए
बिचरा बिर्खेलाई त्यही खेतमा हुत्याए ।

अस्ति फेरि
बिर्खे बारी जोत्दै गर्दा
मालेहरू आए
उसको हलो समाए
कामहरूमा सघाए
दाल भात खाए
नक्कली पूर्जा थमाए
फेरि उसलाई मनाए,
त्यसपछि उसलाई
रातभरि हिँडाए
किताबहरू बोकाए
ठेलीहरू बोकाए
तालीहरू ठोकाए
झन्डाहरू थमाए
फेरि पुलिसले समाए
पुनःप्रजातन्त्र आएपछि
नेताहरूले राम्रो पद खाए
बिचरा बिर्खेलाई त्यही हलो थमाए ।

हिजो फेरि बिर्खे खलोमा नै थियो
माओहरू आए
हातहरू मिलाए
काँधहरू मिलाए
बुढो बिर्खेलाई पानी पनि पिलाए
जे पाक्यो त्यै खाए
क्रान्तिको गीत सुनाए
उसलाई फेरि उक्साए,
त्यसपछि
पार्टीका नाराहरू घोकाए
थोत्रा बन्दुकहरू बोकाए
डोका नाम्लाहरू बोकाए
घाइतेहरूलाई बोकाए
मृतकहरूलाई बोकाए
लोकतन्त्र पनि आयो
गनतन्त्र पनि आयो
कसैले मन्त्री पाए
कसैले के खाए
सबैले छानी छानी पाए
विचरो बिर्खेलाई
सबैले कजाए, सबैले कमाए
अन्तमा फेरि त्यही नै हलो थमाए ।

आज बिर्खे विरामी पर्दा
न काङ्ग्रेसहरू आए
न मालेहरू आए
न माओहरू आए
मृत्यु शैयामा लडिरहेको बेला
वीर पुरुष लेखिएको हलो
उसको छोरोलाई थमाए ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x