साइबर अपराध सम्बन्धी सचेतना सामग्री

द्रुत मार्गको आत्माले शान्ति पाओस्

Nepal Telecom ad

अलि अघिकै कुरा हो। एक उटपट्याङ र रमाइलो साथी थियो। मीठा मीठा तर असम्भव लाग्ने कल्पनाहरू गर्थ्यो र हामीलाई बढो रोचक शैलीमा सुनाएर मनोरञ्जन लिन्थ्यो। साँघुरो डेरामा दुःखले गुजारा गररिहेको भए पनि सहरमा एउटा राम्रो घर बनाउने र महँगो गाडी किन्ने कुरा गररिहन्थ्यो। घर बिक्रीका लागि निस्किएका विज्ञापनहरू पढेर फोन गर्थ्यो। मोलमोलाइ गथ्र्यो। घर किनिहाल्नेजस्तो गर्थ्यो। अन्त्यमा भन्थ्यो, \’के गर्ने साहूजी, घर त किन्नै खोजेको हो। भर्खरै मःम खाएर पैसो सकियो र पो!\’
यस्तै पाराका ठट्टा राष्ट्रिय स्तरमा ठूल्ठूला नेता र सरकारले नै गर्दा रहेछन् भन्ने थाहा पाउँदै गएपछि मैले त्यो साथीको सम्झना गरेको हुँ। राष्ट्रिय गौरवका आयोजना भनेर घोषणा गरिएका ठूल्ठूला आयोजना एकपछि अर्को ठट्टामा परिणत भएका समाचारहरू धमाधम आउन थालेका छन्। निर्माण कार्य धमाधम हुँदै होला भन्ठानेको काठमाडौँ-निजगढ द्रुत मार्गको कुरा त ठट्टा पो रहेछ। सरकारले त्यो द्रुत मार्ग बनाउन खाजेकै रहेछ तर पैसै भएन रे! ठूला विदेशी लगानीकर्ता आउलान् पैसाको ओहोरो लगाउलान्, दुई-चार वर्षमा फराकिला, चिल्ला सडक बनाउलान् र हाम्रो राष्ट्रिय गौरव झ्याप्पै बढ्ला भनेर घोषणा गरेको रे, तिनीहरूले त चासै पो दिएनन् रे, प्रस्तावै पो हालेनन् रे!
पैसा हुँदो हो र दु्रत मार्ग बन्दो हो त…! मेरी आम्मै ! हाम्रो देशको अनुहार झलमल्लै हुन्थ्यो रे! काठमाडौँबाट मात्र ७३ किलोमिटर झिलिक्क पार गर्दा मिलिक्क मधेस पुगिन्थ्यो रे! मोटरहरू ८० किलोमिटर प्रतिघन्टाका दरले फिलीली दौडिन्थे रे! एक घन्टामा मधेसबाट काठमाडौँ, काठमाडौँबाट मधेस पुगिने भएपछि के चाहियो, भक्तपुर घर हुनेले वीरगन्ज, हेटौँडा घर हुनेले बनेपाको जागिर घरबाटै धाएर खान पाउँथे रे! उपत्यकामा चिया पिएर हिँडेको झापाली निजगढमा खाजा र लहानमा भात खाएर दिउँसै दमक पुग्दा आश्चर्यले चकित हुन्थ्यो रे! दु्रत मार्ग बनेको भए त्यस्तो उत्पात हुन्थ्यो रे!
दु्रत मार्ग बनेको भए अहिले खर्च भइरहेको भन्दा वाषिर्क चार करोड लिटर पेट्रोलियमको खपत घट्ने थियो रे! अहिलेकै भाउले हिसाब गर्दा पनि वाषिर्क पाँच अर्बभन्दा बढी रकम बचत हुन्थ्यो रे! त्यसरी बचेको रकम जम्मा गरेर जलविद्युत्मा लगानी गरी देशलाई झलमल्ल पार्न सकिन्थ्यो रे! कलकारखाना खोलेर, रोजगारी बढाएर के के हो के के गर्न सकिन्थ्यो रे! दु्रत मार्ग बनेको भए देशको कायापलटै हुन्थ्यो रे!
द्रुत मार्ग बनाउन सकेको भए भारत र तराईबाट काठमाडौँ आउने मालसामान कैयौँ गुना सस्तो हुन्थ्यो रे! मधेसमा बिहान टिपेको तरकारी उपत्यकावासीको भान्सामा बिहानै पाक्थ्यो रे! सस्तो र ताजा तरकारी-फलफूल खाएर उपत्यकामा स्वास्थ जनशक्तिको विकास हुन्थ्यो रे!
द्रुत मार्गको उपलब्धि यत्तिमै सीमित छैन। त्यो बनाउन सकेको भए निजगढमा बनाउने भनिएको अर्को राष्ट्रिय गौरवको प्रतीक अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्थ्यो रे! त्यो विमानस्थल बनेको भए तराई क्षेत्र नै जगमग जगमग हुन्थ्यो रे! विमानस्थलवरपिरि बडेबडे व्यापारकि नगरहरू खुल्थे रे! निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा संसारका विभिन्न मुलुकबाट ठूल्ठूला जहाज आउँथे रे! विदेशी मुद्राको ओइरो लाग्थ्यो रे! हाम्रो राष्ट्रिय ढुकुटी भरिएर छताछुल्ल हुन्थ्यो रे!
तर, के गर्नु ? सरकारसँग लगानी गर्ने पैसै भएन रे! द्रुत मार्ग बनाउन नसकेपछि अर्बौं लगानी गरेर सेनाले खोलेको ट्रयाक पनि पहिरोले पुर्‍यो रे! त्यसरी पुरिएको ट्रयाकमा वरपीपल उमि्रएर झाँगिए रे! वरपीपल जवान भएको देखेर स्थानीयवासी उत्साहित भएछन् र तिनीहरूको विवाह गरिदिने निर्णय गरेछन्। तत्कालीन उपप्रधानमन्त्रीहरू विजय गच्छदार र सुजाता कोइरालाको जोडीले शिलान्यास गरेको द्रुत मार्गमा उमि्रएका वरपीपलको शुभ विवाहको उद्घाटनका लागि वर्तमान उपप्रधानमन्त्री वामदेव गौतम र प्रकाशमान सिंहको जोडी त्यता जाने रे! यो विवाह सम्पन्न भएपछि हाम्रो राष्ट्रिय गौरव द्रुत मार्गको आत्माले शान्ति पाउँछ रे! द्रुत मार्गको आत्माको चिरशान्तिको कामना !

\’नेपाल\’ साप्ताहिक : ५८५/ २०७० फाल्गुन १८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x