साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँको भट्टी, जाड जिन जलायो रे !

Nepal Telecom ad

त्यो धनीले आज फेरी दिउसै दीन जलायो रे
लाग्दै थियो मैन बत्ति एकै छिन जलायो रे ।।

जुन दिन देखि सरकारले बिजुली नै बन्द गर्यो
जनताले सडकमा लालटिन जलायो रे ।।

उत्रे पछि सारा गाउँ मुखियाको बिरुद्धमा
मुखियाले तमसुक अनि ऋण जलायो रे ।।

बिरालोलाइ बाघ देख्ने हाम्रा तिनै प्रहरीले
भुस भनी फेरि आज नै कोकिन जलायो रे ।।

मान्ने छन अचम्म नै त्यस दिन देखि सबले
सुनिनेछ माओबादले ती लेनिन जलायो रे ।।

बिज्ञानले गणितलाई चुनौती नै दिन्छु भनी
दुई पछि चार भन्दै बिचको तीन जलायो रे ।।

अन्तिम हो आज भन्दै टन्न धोक्ने जड्याहाले
गाउँको भट्टी जलायो रे जाड जिन जलायो रे ।।

सुरक्षीत छैनन् कोहि आज पनि हाम्रो देशमा
सुन्छु आफ्नै पिरतिले नै रबिन जलायो रे ।।

जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x