साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नियमापत्ति

Nepal Telecom ad

एउटा समाचार छापिएको छ,- अखवारमा
गणपूरक संख्या नपुगेर
संसदको बैठक अवरुद्ध भयो अरे !
संविधान निर्माण लगायत
संसदले गर्ने सबै कामहरु
अगाडि बड्न सकेनन् अरे !
हो,
सभासदहरु सभामा नगएर
सभाका काम हुन सकेनन् अरे ।
स्वभावैले जिज्ञासा जाग्यो
कहाँ गएछन् त सभासदहरु ?
जिल्लाबाट त सभामा जान हिडेका थिए,
सभामा हुन्छौ भनेर
चुनाव लडेका थिए
संविधान लेख्छौ भनेर प्रतिज्ञा गरेका थिए
जनताका असल प्रतिनिधि हौ भनेर
विजय माला पहिरेका थिए
यति चाँडै बाचा भुलेर
कहाँ हराए त सभासदहरु ?
यो प्रश्नको उत्तर त खोज्दै गरौला
तर
सभासदहरुले
चुनाव जित्ने बेलामा भनेका
आदरणीय जनसमूदायहरु,
सभासद जस्तै लाग्ने
कसैलाइ भेटेर
केरकार गर्दा
हो रहेछ भने
कृपया वानेश्वरको संविधानसभा कक्षमा पुर्याइदिनुहोला
त्यहाँ उहाँहरुको काम रोकिएको छ
उहाँको अनुपस्थितिले
मुलुकको भविश्य छेकिएको छ
सम्झाइ दिनुहोला
उहाँको अनुपस्थितिले
मुलुकको गति रोकिएको छ
त्यसैले
हराएका सभासदहरुलाइ
जो कोहीले खोजी गरिदिनुहोला
भेटेपछि
संविधानसभा कक्षमा पुर्याइदिनुहोला ।

कहाँ गए सभासदहरु ?
कहाँ हराए सभासदहरु ?
मैले राजधानीका एक मित्रलाइ फोन गरेर सोधेको थिएँ,
गणपूरक संख्या नपुगेको कारण
बुझ्न चाहेको थिएँ
मित्रले बताए-
कोही सभासदहरु बिदेश गए
कोही सभासदहरु
आफन्तको बिबाह भोजमा थिए
कोही सभासदहरु भिन्नै मोजमा थिए
कोही सभासदहरु पार्टीका गुटको खोजमा थिए
कोही सभासदहरु
छोराछोरीको छात्रबृत्तिको झोझमा थिए
कोही सभासदहरु
भन्नै नसकिनेका गोजीमा थिए
कोही सभासदहरु
अरुथोककै खोजिमा थिए ।
मित्रका कुरा सुने पछि
मलाइ मेरै अस्तित्वका बारेमा
मेरो मनमा
औधि ठूलो
प्रश्न उठेको छ
भन्न मन लागेको छ
मेरो समेत
अधिकार बोकेर
मेरो पनि प्रतिनिधि बनेर
संविधान र अरु पनि कनुनहरु
निर्माण गर्ने,
प्रभावकारी सभासदको भूमिका पुरा गर्ने
बाचा गरेर जानु भएका
ए, माननीय सभासद,
तपाइ कहाँ हराउनु भएको छ ?
संविधानसभा खाली छ
तपाइको अनुपस्थितिले
संविधान र कानून बन्नै
अवरोध भएको छ,
माननीय सभासद,
यसरी तपाइले
मुलुकको गति रोक्नु भएको छ
मेरो त हिम्मत छैन
तर
अरुले भन्लान्
“तपाइले अलिकति कलंक बोक्नु भएको छ”
र मेरो तर्फबाट
तपाइ संसदको बैठकमा
अनुपस्थित भएको कुरामा
ए ! माननीय सभासद,
मेरो
“गम्भीर नियमापत्ति छ ।”

विरतामोड, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साहेबहरूका चटक

साहेबहरूका चटक

लीला उदासी
विष्णु नवीन

विष्णु नवीन

लीला उदासी
उहाँ

उहाँ

लीला उदासी
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x