साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरा साथी

Nepal Telecom ad

भन्दी हौली, ‘म नहुँदा यसका साथी को पो छन् र !’
रक्सी, चुरोट, खैनी, सूर्ति मेरा साथी हुँदैनन् र !

हावा, पानी, घाम, जून, सबैसबै झर्को लाग्छ
तिमी मेरी नभा’कीले संसार नै अर्को लाग्छ
जे हेरे नि, जे छोए नि, जे खाए नि, जे गरे नि
यो मन सधैं पोलिरहन्छ, ठान्छु सधैं ‘म मरें नि !’

भन्दी हौली, ‘म नहुँदा यसका साथी को पो छन् र !’
एकान्तका आँसु यिनै मेरा साथी हुँदैनन् र !

धेरै हिंडे यो बाटोमा, धेरै फर्के यो बाटोमा
तिमी गयौ फर्किइनौ, कोही छैनन् त्यो साटोमा
कति कष्ट सहनु मैले अधमरो भईभई
कहिलेसम्म बाँच्नुु मैले चोटैचोट सहीसही ।

भन्दी हौली, ‘म नहुँदा यसका साथी को पो छन् र !’
तिम्रो याद, तिम्रै याद मेरा साथी हुँदैनन् र !

खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x