साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुको विश्वास गर्दा खुट्टै भाँचिएपछि….

Nepal Telecom ad

एक जना ब्यक्ति प्रखर राजनीतिज्ञ थिए । उनी राजनीतिमा धेरै पटक राज्यको उपल्लो पदमा समेत पुगिसकेका थिए । कैयौंपटक उनी मन्त्री समेत भइसकेका उनी आफूलाई राजनीतिको पर्याय नै मान्दथे । उनले धेरै जनालाई राजनैतिक दर्शन, सिद्धान्त र ब्यवहारको गुण सिकाएका थिए र आफ्नो राजनीतिक अनुचर बनाएका थिए । त्यसैले उनलाई राजनीतिमा सबैले उच्च सम्मान गर्दथे ।

एकदिन ती राजनेतालाई आफ्नै छोराले आफूलाई पनि राजनैतिक ज्ञान दिन आग्रह गरे । उनले भने- तिमी भर्खर तेह्र वर्षका भयौ । अहिले पढ । राजनीतिक ज्ञान पछि लिनु, अहिले तिमी राजनीति बुझ्दैनौ क्या !

छोराले भनेछ- बाबा तपाईं अरुलाई राजनीतिक ज्ञान बाडेर लायक बनाउनु हुन्छ, के तपाईंले मलाई लायक भएको हेर्न चाहनु हुन्न ? छोराले जिद्दी गञ्यो ।

उनको जोर चलेन । आखिर राजनीतिक ज्ञान दिने निष्कर्षमा पुगेर छोरालाई घरको बार्दलीमा चढ्न भने । छोरो बार्दलीमा चढ्यो । उनले छोरालाई बार्दलीबाट हामफाल्न भने । छोराले भन्यो- अरे बाबा ! मेरो हातखुट्टा भाँच्चिहाल्छ नि, नाई ! म त हाम फाल्दिन ।

बुबाले भने- तिमी राजनीतिक ज्ञान सिक्न पनि खोज्छौं, भनेको पनि मान्दैनौं ! हामफाल म समाउँछु । मेरो बिश्वास लाग्दैन र तिमीलाई ?

बाबुको कुरा मानेर छोराले बार्दलीबाट हामफाल्यो तर राजनेता बाबुले समाएनन् । छोराको एउटा खुट्टा भाँच्चियो । छोराले रुँदै भनेछ- के गर्नु भाको बाबा ! किन मलाई समाउनु भएन ? मेरो खुट्टा भाँच्चियो त !

राजनेता बाबुले भन्यो- राजनीतिको पहिलो ज्ञान यही हो छोरा कि, राजनीतिमा आफ्नै बाबुको पनि पूरै बिश्वास र भरोसा नगर्नू र जस्तो सुकै सामान्य क्षति सहन तयार रहनु ।

इधरउधरबाट टिपनटापन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x