बाबुको विश्वास गर्दा खुट्टै भाँचिएपछि….
एक जना ब्यक्ति प्रखर राजनीतिज्ञ थिए । उनी राजनीतिमा धेरै पटक राज्यको उपल्लो पदमा समेत पुगिसकेका थिए । कैयौंपटक उनी मन्त्री समेत भइसकेका उनी आफूलाई राजनीतिको पर्याय नै मान्दथे । उनले धेरै जनालाई राजनैतिक दर्शन, सिद्धान्त र ब्यवहारको गुण सिकाएका थिए र आफ्नो राजनीतिक अनुचर बनाएका थिए । त्यसैले उनलाई राजनीतिमा सबैले उच्च सम्मान गर्दथे ।
एकदिन ती राजनेतालाई आफ्नै छोराले आफूलाई पनि राजनैतिक ज्ञान दिन आग्रह गरे । उनले भने- तिमी भर्खर तेह्र वर्षका भयौ । अहिले पढ । राजनीतिक ज्ञान पछि लिनु, अहिले तिमी राजनीति बुझ्दैनौ क्या !
छोराले भनेछ- बाबा तपाईं अरुलाई राजनीतिक ज्ञान बाडेर लायक बनाउनु हुन्छ, के तपाईंले मलाई लायक भएको हेर्न चाहनु हुन्न ? छोराले जिद्दी गञ्यो ।
उनको जोर चलेन । आखिर राजनीतिक ज्ञान दिने निष्कर्षमा पुगेर छोरालाई घरको बार्दलीमा चढ्न भने । छोरो बार्दलीमा चढ्यो । उनले छोरालाई बार्दलीबाट हामफाल्न भने । छोराले भन्यो- अरे बाबा ! मेरो हातखुट्टा भाँच्चिहाल्छ नि, नाई ! म त हाम फाल्दिन ।
बुबाले भने- तिमी राजनीतिक ज्ञान सिक्न पनि खोज्छौं, भनेको पनि मान्दैनौं ! हामफाल म समाउँछु । मेरो बिश्वास लाग्दैन र तिमीलाई ?
बाबुको कुरा मानेर छोराले बार्दलीबाट हामफाल्यो तर राजनेता बाबुले समाएनन् । छोराको एउटा खुट्टा भाँच्चियो । छोराले रुँदै भनेछ- के गर्नु भाको बाबा ! किन मलाई समाउनु भएन ? मेरो खुट्टा भाँच्चियो त !
राजनेता बाबुले भन्यो- राजनीतिको पहिलो ज्ञान यही हो छोरा कि, राजनीतिमा आफ्नै बाबुको पनि पूरै बिश्वास र भरोसा नगर्नू र जस्तो सुकै सामान्य क्षति सहन तयार रहनु ।
इधरउधरबाट टिपनटापन