चङ्खेको दसैँ ठट्टा
दुईवटा कुकुर बाटामा भेट भएछन् । दुवैको निन्याउरो मुख देखेरः
एउटा : चाडबाडमा त सबै रमाएका हुन्छन् । दशैँका बेलामा पनि निन्याउरो मुख लाएर कता ?
यतिका वर्ष बित्यो सबै हड्डी खान पाएकै थिएँ । हिजोदेखि मालिकले मासु बेच्न छाडेर कपडाको दोकान राखे । आज बिहानै हड्डी ल्याइदिए भनेको दोकानभित्र आयो भनेर लौरो दिए (खुट्टै देखाउँदै) यो त चल्दै चल्दैन ।
फेरि अर्कोले (दुखी हुँदै) भन्छ : तिमीले यतिका दिनसम्म हड्डी खाएकै रहेछौ । दुई महिना पैले, एक दिन हड्डी खाएको, अब यो दशैँमा खाउँला भन्ठानेको त, मालिकले अबदेखि हड्डी पनि फाल्नुहुँदैन भनेर हड्डीसमेत पकाउने प्रेसरकुकर ल्याएछन् ।
०००
– गोपालराज मैनाली
‘खुसुक्क भन्नुस् फच्या’