साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भयो जिन्दगानी

सबै बन्द छन् आज उद्योग धन्दा पर्‍यो साँझ मानौँ नबन्दै बिहानी ॥

Nepal Telecom ad

होम सुवेदी :

सुके झैँ छ घाँटी नपाएर पानी ।
चितामा जले झैं भयो जिन्दगानी ॥

जता दृष्टि लायो उतै हुन्छ चिन्ता
त्यसैभित्र बाँच्ने परेको छ बानी ॥

व्यथा उब्जँदै छन् महाकाल जस्ता
तिनैमा रहन्छन् सबैका कहानी ॥

छ अस्तित्व हाम्रो सधैं दाउ भित्रै
र खोजौँ समाधान यो पक्ष जानी ॥

पिता छन् र माता दुवै रोगजीर्ण
युवा चाहिँ खोज्छन् सधैं राहदानी ॥

सबै बन्द छन् आज उद्योग धन्दा
पर्‍यो साँझ मानौँ नबन्दै बिहानी ॥

०००
झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x