बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

भयो जिन्दगानी

सबै बन्द छन् आज उद्योग धन्दा पर्‍यो साँझ मानौँ नबन्दै बिहानी ॥

Nepal Telecom Spring Offer

होम सुवेदी :

सुके झैँ छ घाँटी नपाएर पानी ।
चितामा जले झैं भयो जिन्दगानी ॥

जता दृष्टि लायो उतै हुन्छ चिन्ता
त्यसैभित्र बाँच्ने परेको छ बानी ॥

व्यथा उब्जँदै छन् महाकाल जस्ता
तिनैमा रहन्छन् सबैका कहानी ॥

छ अस्तित्व हाम्रो सधैं दाउ भित्रै
र खोजौँ समाधान यो पक्ष जानी ॥

पिता छन् र माता दुवै रोगजीर्ण
युवा चाहिँ खोज्छन् सधैं राहदानी ॥

सबै बन्द छन् आज उद्योग धन्दा
पर्‍यो साँझ मानौँ नबन्दै बिहानी ॥

०००
झापा ।

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
कसले सुन्छ ?

कसले सुन्छ ?

किरण अन्जान
कठै हजुर !

कठै हजुर !

रामकृष्ण काफ्ले
भन्छ तीजले !

भन्छ तीजले !

बूँद राना
सर्प लुकेको छ

सर्प लुकेको छ

रामकृष्ण काफ्ले
आश्वासन

आश्वासन

प्रमाेद भट्टराई प्रतीक