बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

के के मन लाग्छ लाग्छ

देखेको कुरा हो, भनेर बोल्न नसक्दा आफैलाई मानहानीको मुद्दा हालूँहालूँ लाग्छ !

Nepal Telecom Spring Offer

गोपाल काफ्ले :

नयाँ पाइन्ट च्यातेर फेरि टालूँटालूँ लाग्छ
घरको गाई बेचेर कुकुर पालूँपालूँ लाग्छ

स्वास्नीका कुरा सुन्दा आफ्ना पितृझैं
बाआमा वृद्धाश्रमतिर फालूँफालूँ लाग्छ

चौबिसबाट मायालु सत्र क्यारेटमा झरेको देख्दा
साँचामा हाली मायालाई गालूँगालूँ लाग्छ

धनी भएको लक्षण हो कि के हो हजुर?
महङ्गातिर मात्र कदम चालूँचालूँ लाग्छ

विदेशीकी मुटु पराईसँग गुटुमुटु देख्दा
प्रेमपत्रको ठेली आँगो बालूँबालूँ लाग्छ

दुधेबच्चा छोडेर टाप कसेकी आमालाई
पाता कसेर चौतारामा ढालूँढालूँ लाग्छ

देखेको कुरा हो, भनेर बोल्न नसक्दा
आफैलाई मानहानीको मुद्दा हालूँहालूँ लाग्छ !

०००
सिन्धुली

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
कुकुरदेखि सावधान !

कुकुरदेखि सावधान !

गाेपाल काफ्ले
सरकार बदल्ने शिक्षक

सरकार बदल्ने शिक्षक

गाेपाल काफ्ले
आधुनिक तीज

आधुनिक तीज

गाेपाल काफ्ले
मिस्त्री जेठो

मिस्त्री जेठो

गाेपाल काफ्ले
श्रीखण्ड

श्रीखण्ड

गाेपाल काफ्ले
कसले सुन्छ ?

कसले सुन्छ ?

किरण अन्जान
कठै हजुर !

कठै हजुर !

रामकृष्ण काफ्ले
भन्छ तीजले !

भन्छ तीजले !

बूँद राना
सर्प लुकेको छ

सर्प लुकेको छ

रामकृष्ण काफ्ले
आश्वासन

आश्वासन

प्रमाेद भट्टराई प्रतीक