साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के के मन लाग्छ लाग्छ

देखेको कुरा हो, भनेर बोल्न नसक्दा आफैलाई मानहानीको मुद्दा हालूँहालूँ लाग्छ !

Nepal Telecom ad

गोपाल काफ्ले :

नयाँ पाइन्ट च्यातेर फेरि टालूँटालूँ लाग्छ
घरको गाई बेचेर कुकुर पालूँपालूँ लाग्छ

स्वास्नीका कुरा सुन्दा आफ्ना पितृझैं
बाआमा वृद्धाश्रमतिर फालूँफालूँ लाग्छ

चौबिसबाट मायालु सत्र क्यारेटमा झरेको देख्दा
साँचामा हाली मायालाई गालूँगालूँ लाग्छ

धनी भएको लक्षण हो कि के हो हजुर?
महङ्गातिर मात्र कदम चालूँचालूँ लाग्छ

विदेशीकी मुटु पराईसँग गुटुमुटु देख्दा
प्रेमपत्रको ठेली आँगो बालूँबालूँ लाग्छ

दुधेबच्चा छोडेर टाप कसेकी आमालाई
पाता कसेर चौतारामा ढालूँढालूँ लाग्छ

देखेको कुरा हो, भनेर बोल्न नसक्दा
आफैलाई मानहानीको मुद्दा हालूँहालूँ लाग्छ !

०००
सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x