साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हैन र यो ?

भ्रष्टाचार र बेथितिका विगतका काला करतुत फोक्न थाले एकापसमा ! फोकतन्त्र हैन र यो ?

Nepal Telecom ad

काशीनाथ मिश्रित

अलमलमा परेँ म त लोकतन्त्र हैन र यो ?
जति खाए नि अघाउन्नन् भोकतन्त्र हैन र यो ?

कामका नाममा सिन्कोसम्म वरपर सार्ने हैन
भाषण भने खोक्ने गर्छन् खोकतन्त्र हैन र यो ?

समृद्धिका फोस्रा कुरा चिप्लिएछन् चित खाएर
हामी झुक्किएका हौँ कि जोकतन्त्र हैन र यो ?!

भुक्ने कुकुर मात्र हैन भुस्याहा छन् गल्ली गल्ली
निरन्तर टोकेकै छन् टोकतन्त्र हैन र यो ?

जनता पनि कस्ता मूर्ख ! चुनावमा पैसा पाए
अन्धाधुन्ध छाप ठोक्छन् ठोकतन्त्र हैन र यो ?

चुनाव एक्लै लड्ने हैन बुइ चढ्नुपर्छ आखिर
परस्परमा बुइ चढ्छन् बोकतन्त्र हैन र यो ?!

देश खोक्रो बनिसक्यो भित्री गुदी सिद्धिएर
राष्ट्रियता राष्ट्रियता घोकतन्त्र हैन र यो ?

कुन गतिमा चल्नुपर्थ्यो के गति छ संसदको
अवरुद्ध हुन्छ सधै रोकतन्त्र हैन र यो ?

भ्रष्टाचार र बेथितिका विगतका काला करतुत
फोक्न थाले एकापसमा ! फोकतन्त्र हैन र यो ?

विदेशबाट लास आउँछन् दिनका दिन छ सातवटा
गरीब जनता रोएका छन् शोकतन्त्र हैन र यो ??

०००
रुरुक्षेत्र ५, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x