
राम राम भन्दै, राम निलेको
समयको अनुहार चिन्नै नसकेर हो इतिहास छ भेडाको बाघ ढालेको अतल ।

एम्.पी. कियरलेस :
तिमी सुन म भन्छु के हो अतल ?
रैछ अँध्यारो – न -उज्यालो अतल ।
आफैलाई हेरि खुशी हुन सक्ने ,
तिमी पनि रैछौ, म जस्तो अतल ।
भयो कस्तो देखेर, सुनाउन फेरि
राम राम भन्दै, राम निलेको अतल ?
कस्का थिए प्रश्न ? को चाहन्थ्यो उत्तर ?
लुकायो आँसु, किन चुप रह्यो अतल ?
यति चिसो छ कि, भनी साध्य छैन
के निलेर बसेको हो, आगो अतल ?
फर्किने गरेर, तिमी आयौ आज
साझ पर्यो फेरि, कति चाडो अतल ?
आउने जानेको, खबर सोध्नैपर्छ
कसरी मलाई हुन्छ सजिलो अतल ?
तिमी साथै थियौ, तिम्रो साथ थिएन
जादु जस्तै थियो पुरानो अतल ।
समयको अनुहार चिन्नै नसकेर हो
इतिहास छ भेडाको बाघ ढालेको अतल ।
म भन्नै सक्दिनँ, आइपुगेँ कसरी ?
थिएन राम साथमा, थिएन बाटो अतल ।
उ पनि सँग-सँगै छाती पिटी रोयो
मलाई पनि रोइरहौँ, लाग्यो अतल ।
उनी आए बाहिर, हावा लठ्ठिन्छ
बानी परिसकेँ, म पो अतल
खोल्दा तिम्रो चिट्ठी झरे आँसु बरबर
तिमीलाई पर्खिने रैछ को अतल ?
राखेर मनमा, तिमी हिँडेथ्याै
त्यो दिन त्यो मान्छे कहाँ छुट्यो अतल ?
अभावले बनायो यस्तो हाम्रो बानी
तिमीलाई हुनेछ अप्ठ्यारो अतल ।
०००
लम्कीचुहा, कैलाली
Subscribe
Login
0 Comments
Oldest