साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम राम भन्दै, राम निलेको

समयको अनुहार चिन्नै नसकेर हो इतिहास छ भेडाको बाघ ढालेको अतल ।

Nepal Telecom ad

एम्.पी. कियरलेस :

तिमी सुन म भन्छु के हो अतल ?
रैछ अँध्यारो – न -उज्यालो अतल ।

आफैलाई हेरि खुशी हुन सक्ने ,
तिमी पनि रैछौ, म जस्तो अतल ।

भयो कस्तो देखेर, सुनाउन फेरि
राम राम भन्दै, राम निलेको अतल ?

कस्का थिए प्रश्न ? को चाहन्थ्यो उत्तर ?
लुकायो आँसु, किन चुप रह्यो अतल ?

यति चिसो छ कि, भनी साध्य छैन
के निलेर बसेको हो, आगो अतल ?

फर्किने गरेर, तिमी आयौ आज
साझ पर्यो फेरि, कति चाडो अतल ?

आउने जानेको, खबर सोध्नैपर्छ
कसरी मलाई हुन्छ सजिलो अतल ?

तिमी साथै थियौ, तिम्रो साथ थिएन
जादु जस्तै थियो पुरानो अतल ।

समयको अनुहार चिन्नै नसकेर हो
इतिहास छ भेडाको बाघ ढालेको अतल ।

म भन्नै सक्दिनँ, आइपुगेँ कसरी ?
थिएन राम साथमा, थिएन बाटो अतल ।

उ पनि सँग-सँगै छाती पिटी रोयो
मलाई पनि रोइरहौँ, लाग्यो अतल ।

उनी आए बाहिर, हावा लठ्ठिन्छ
बानी परिसकेँ, म पो अतल

खोल्दा तिम्रो चिट्ठी झरे आँसु बरबर
तिमीलाई पर्खिने रैछ को अतल ?

राखेर मनमा, तिमी हिँडेथ्याै
त्यो दिन त्यो मान्छे कहाँ छुट्यो अतल ?

अभावले बनायो यस्तो हाम्रो बानी
तिमीलाई हुनेछ अप्ठ्यारो अतल ।

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
हिसाब बराबर भयो

हिसाब बराबर भयो

महेन्द्र उपाध्याय
जे पनि हुनसक्छ

जे पनि हुनसक्छ

महेन्द्र उपाध्याय
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x