
टाँयटायँ फिस भो जिन्दगी
बुद्धि अनि विवेकभन्दा, धन चल्ने ठाउँमा खुसी भन्दा आवेग र, रीस भो जिन्दगी ।

पदम भण्डारी :
लाग्थ्यो पैले उन्नाईसको, बीस भो जिन्दगी
तर खिया लागेको जि-निस भो जिन्दगी ।
आफ्नै मात्र धोक्रो भर्ने, तिर लाग्दालाग्दै
बल्ल थाहा हुन आयो, ठींस भो जिन्दगी ।
दु:खम् सुखम् रोपेको त्यो, जागिरको रुखमा
अमृत फल्ला भनेको त, विष भो जिन्दगी ।
बुद्धि अनि विवेकभन्दा, धन चल्ने ठाउँमा
खुसी भन्दा आवेग र, रीस भो जिन्दगी ।
किनारामा लौरो बिर्सें, खोला तरेपछि
जागीर गर्दा टाँयटायँ, फिस भो जिन्दगी ।
०००
चितवन
मर्मश्पर्शी !