साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उस्तै छ ऐले पनि

पाटी खोल्नु रहेछ धेर सजिलो, उद्योग भन्दा पनि। आर्जन् गर्न निकै रहेछ सजिलो झोले र झाम्टे बनी।। पाल्यो पाल्तु जनावरसरी, लुख्खा लफङ्गाहरू। छोडेँ काम सबै गरौँ म अरु के, खोल्दैछु पाटी बरु।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

लामो लाइनमा बसी थकितभै, जस्को अगाडी पुगे।
जोडी हात दुवै म नर्मस हुँदै, बिन्ती चडाई झुके।।
सिस्टाचार जनाउदै नजिकगै फाईल राखी दिएँ
सानो काम परेर पो अफिसमा दौडेर गाको थिएँ।।१

कुर्ची घुम्छ फनक्क हेर्छ मुखमा, खाला कि जस्तो गरि।
खोली फाइलको यता उतिगरी, भन्दैछ आँखा तरी।।
केही काम पुगेन रैछ अधुरो, पूरा भए आउनु।
भन्दै उठ्छ जुरुक्क हाकिम सधै,मैले कती धाउनु।।२

यस्तै दिक्क भए म जीवनभरी,जे तन्त्र आए पनि।
ल्याएको गणतन्त्र हो मुलुकमा, मिल्ला सुशासन् भनी।।
आयाछैन कुनै सुधार जनमा, उस्तैछ ऐले पनि।।
हेर्छन् पाकटमा घुरेर पहिला,आशा मुखी झै बनी।।३

बन्ने काम हुदैन भन्छ सजिलै, हेरेर खल्तीतिर।
हप्काई कन बोल्छ पागलसरी, ठाडो बनाई शिर।।
लाजै छैन रहेछ दुष्ट जनको, झारेर खाई सक्यो।
जे जे थे थलमा भए भर सबै, बेची धनी ऊ भयो।।४

फेरेनौ मनको खराब निति त्यो, फेर्छौ सधै कानुन।
जाँतोमा रगडी पिसे र कहिलै, मर्दैन गौँको घुन।।
हेक्का राख यती नभुल्नु कहिलै, मेरा कुरा राज्यले।
यस्तै चाल रह्यो भने मुलुकमा, भाग्छौ तिमी बाध्यले।।५

देखेनौ नजिकै उठेर जनता, संग्रामा नै जुटे।
अत्याचार हुँदा मिलेर जनले, नेताहरूको कुटे।।
सुध्रीजाउ छिटो विलम्व नगरी माती दिनेछन् तब।
लाटो छैन यहाँ कुनै जनहरू, जागी सकेछन् अब ।।६

पाटी खोल्नु रहेछ धेर सजिलो, उद्योग भन्दा पनि।
आर्जन् गर्न निकै रहेछ सजिलो झोले र झाम्टे बनी।।
पाल्यो पाल्तु जनावरसरी, लुख्खा लफङ्गाहरू।
छोडेँ काम सबै गरौँ म अरु के, खोल्दैछु पाटी बरु।।७

पैसा फल्छ जहाँ मिनेत नगरी, औँलो ठ्ड्याए पनि।
खाली हुन्न रहेछ जेब कहिलै भोरिन्छ धोक्रो पनि।।
खोलौँ एक नयाँ सबै जनमिली छोरा र छोरीहरू।
धेरै हुन्छ अरे कमाइ राजनीतिमा उद्योग छोडौँ बरु।।८

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x