सुरेशकुमार पाण्डेखुँखार असली
स्वर्ग र नर्कको सपना देखाएर गर्छौ हत्या, के यो होइन र सबैभन्दा अत्याचार असली ?

सुरेशकुमार पाण्डे :
लौ हेरौँ धर्मात्माहरूको अनुहार असली,
हाम्रो समाजको धार्म गर्ने आधार असली।
पशुको बली चढाई स्वर्ग जाने बाटो बनाए,
किन ढाँट्नु कुरा देखेको छ संसार असली।
कतै खसी छन् कतै बोका, कतै राङ्गा, सुगुर,
यसैमा समेत धर्मीको हुँदै छ दरार असली।
भन्न मन लाग्छ मानव समाज नै संसारमा,
सबै भन्दा बिषालु हुन्छ र खुँखार असली।
धर्मका ठेकेदार भन त तिमीहरूले आफै,
क कसले गर्छौ प्राणीसँग प्यार असली।
स्वर्ग र नर्कको सपना देखाएर गर्छौ हत्या,
के यो होइन र सबैभन्दा अत्याचार असली ?
०००
दाङ घोराही १८
०२-१०-२०२५
Subscribe
Login
0 Comments
Oldest





































