साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रलेस उदयपुरले भानु जयन्ती मनायो

प्रगतिशील लेखक संघ नेपाल उदयपुर जिल्ला शाखाले बुधबारकवि गोष्ठीको आयोजना गरी २०९ औ भानु जयन्ती मनाएको छ ।

Nepal Telecom ad

असार २९ गाईघाट, उदयपुर । प्रगतिशील लेखक संघ नेपाल उदयपुर जिल्ला शाखाले बुधबारकवि गोष्ठीको आयोजना गरी २०९ औ भानु जयन्ती मनाएको छ ।

प्रलेस उदयपुरका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षता र प्रलेसका केन्द्रीय सदस्य बोधकुमार घिमिरेको प्रमु आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रलेसका राष्ट्रिय परिषद सदस्य हिमालय पौडेल, प्रलेसका १ नं प्रदेश सदस्य चन्द्रनारायण चौधरी, प्रलेसका पूर्व केन्द्रीय सदस्य राममणि पोखरेल, प्रलेसका उपाध्यक्ष सम्झना राई असफल, सचिव श्यामप्रसाद ढुङ्गाना, उदयपुर साहित्य परिषदका उपाध्यक्ष विदुर खडका, नेपाली लेखक संघका उपाध्यक्ष महेन्द्र कुमार राई लगायतकाले भानुभक्तका बारेमा मनतव्य सहित कविता वाचन गरेका थिए ।

यसै गरी सो कविता गोष्ठीमा कुवेर काफ्ले, ज्वाला भट्टराई, उद्धव घिमिरे, श्यामकणर् राई, कृति बहादुर खडका, भीम पराजुली, देवेन्द्र पोखरेल, बाकृष्ण भट्टराई, गोपाल कीर्ति, राजन खड्का, गीता रेग्मी सरिता पौडेल गुरागाई लगायतका स्रष्टाहरूले कविता वाचन गरेका थिए ।

वाचित कविताका बारेमा शारदाप्रसाद भट्टराईले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो भने कार्यक्रम आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गरी शुरु भएको थियो ।

-माधव पोखरेल गोज्याङ्ग्रे
गाईघाट, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x