साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोपी मैनालीको समालोचनात्मक कृति लोकार्पण

सुरभि साहित्यप्रतिष्ठानका संरक्षक एवम् वरिष्ठ साहित्यकार विजय चालिसेको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथि विशिष्ट विद्वान्, कुटनीतिज्ञ, भाषविद्, श्री जयराज आचार्य हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडौँ, फागुन ७, २०७९ । सुरभि साहित्य प्रतिष्ठानको आयोजनामा वरिष्ठ समालोचक तथा निबन्धकार गोपी मैनालीको समालोचनात्मक कृति ‘अभिव्यञ्जनाको यात्राप्रति’ लोकार्पण भएको छ ।

सुरभि साहित्यप्रतिष्ठानका संरक्षक एवम् वरिष्ठ साहित्यकार विजय चालिसेको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथि विशिष्ट विद्वान्, कुटनीतिज्ञ, भाषविद्, श्री जयराज आचार्य हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरूमा वरिष्ठ कवि तथा पूर्व मुख्य सचिव डा. विमल कोइराला, वरिष्ठ साहित्यकार डा.गार्गी शर्मा, वरिष्ठ लेखक एवम् पूर्व सचिव श्यामप्रसाद मैनाली, पूर्व सचिव, लोकसेवा आयोगका निवर्तमान अध्यक्ष, विशिष्ट प्रशासनिक विश्लेषक उमेश मैनाली, प्रा.डा. खगेन्द्र लुइँटेल हुनुहुन्थ्यो ।

अन्य अतिथिहरूमा पूर्व सचिव प्रतापकुमार पाठक, मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष साहित्यकार हरिभक्त सिग्देल, पत्रकार मोहन मैनाली, सुरभि साहित्य प्रतिष्ठानका संरक्षक, हास्यव्यङ्ग्य साहित्यकार एवम् वरिष्ठ समालोचक युवराज मैनाली, साझा प्रकाशनका महाप्रबन्धक श्री प्रह्लाद पोखरेल, पूर्व सचिव जयमुकुन्द खनाल, नेपाल जापान एल्मुनाइ एसोसिएसनका महासचिव शान्तिलक्ष्मी शाक्यलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू हुनुहुन्थ्यो ।

कार्यक्रममा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले अतिथिहरू एवम् आगन्तुकहरूलाई स्वागत गर्दै सुरभिको सामान्य परिचय दिनुभएको थियो । त्यसपछि प्रमुख अतिथिलगायत अन्य विशिष्ट अतिथिहरूले समालोचनाको कृति कृति ‘अभिव्यञ्जनाको यात्राप्रति’ लोकार्पण गर्नुभएको थियो ।

लोकार्पित पुस्तकमाथि साहित्यकार समालोचक ठाकुर शर्मा र समालोचक डा. लेखप्रसाद निरौलाले समीक्षा गर्नुभएको थियो । समीक्षक ठाकुर शर्माले कृतिको आयामको र लेखनक्षमताको बारेमा र लेखप्रसाद निरौलाले कृतिको सबल पक्ष र समालोचनात्मक पृथक कृति निस्किएको कुरा बताउनुभयो ।

त्यसै गरी शुभकामना मन्तव्य दिने व्यक्तित्वहरूमा हरिभक्त सिग्देल, राधेश्याम लेकाली, शान्तिलक्ष्मी शाक्य, न्युरो एसोसिएसनका अध्यक्ष यादव खनाल, युवराज मैनाली, गार्गी शर्मा हुनुहुन्थ्यो । युवराज मैनालीले सुरभि साहित्य प्रतिष्ठान एवम् मैनाली परिवारको तर्फबाट आफ्नो मन्तव्यसमेत दिनुभएको थियो । वहाँले गोपी मैनालीको प्रतिभाको वणर्न गर्दै समालोचनाको क्षेत्रमा विशिष्ट व्यक्तित्व हुने सम्भावना रहेको बताउनुभयो ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि जयराज आचार्यले गोपी मैनालीमा भएको क्षमताको बारेमा यसै कृतिले स्पष्ट पारेको र यस्ता समालोचनाका कृतिले समालोचनाको क्षेत्रमा पृथक पहिचान बोक्ने कुरा बनाउनुभयो ।

कार्यक्रमको अन्त्यमा सुरभि साहित्य प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले धन्यवाद मन्तव्य दिनुभयो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव अच्युत घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रमका सभाध्यक्ष विजय चालिसेले कार्यक्रमलाई समापन गर्दै गोपी मैनालीको निबन्धकारिताको भन्दा समालोचनाको क्षेत्र प्रबल रहने बताउनुभयो । विद्वत् व्यक्तित्वहरूको सघन उपस्थितिका कारण यस कार्यक्रम भव्य एवम् सभ्य भएको थियो ।

०००
– पर्शुराम परासर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x