साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली काव्य (शृङ्खला- ८)

सम्झेका बाल्य गाथा विविध विषयका प्रौढका भार खास साझा गर्दा कहानी भवबिच रहँदै ज्ञान फैलिन्छ रास !!

Nepal Telecom ad

कुशुमकर पला भन्छ देवीप्रसाद !!

लागेको जीवनी यो अथक हजुरको सत्तरीका उकालो
आस्था अध्यात्म बाडौँ-दिनपल नबनौँ राष्ट्र बोक्ने गरालो
छाडौँ सारा भएका अविरल तनमा स्वेद झार्ने प्रताड
छानौँ नौला कलाका कुशुमकर पला भन्छ देवीप्रसाद !!
(३६)
आत्मा खोलौँ भएका जनमन सबमा चित्तमा दीप बाली
यो नै हो लोक खाँस्ने कुमुद हजुरको वृद्धताको बहाली
बालावेला उज्यालो त्यसपछि जटिलो प्रौढवेला कहाली
भाग्दै लागे उता ती अबसँग सजियो वृद्धवेला बहाली !!
(३७)
फड्को मारेर आयो विकसित युगले साथ छन् टेलिफोन
बस्दै जो बिस्तरामा हितजन सँगमा बोल्न मिल्ने छ मान ?
आओ लौ भेट्न भन्दा सकलजन भरे तीर्थको रूप मान्दै
जिज्ञासा भव्य राख्दै मृदुमन घरमा आउने छन् दगुर्दै !!
(३८)
पस्किन्छन् बात आफ्ना वरपर भवका सुन्न पाइन्छ राम्रो
जिज्ञासा छन् सुनाऔँ विनय छ दिलमा साधना हुन्छ हाम्रो
सम्झेका बाल्य गाथा विविध विषयका प्रौढका भार खास
साझा गर्दा कहानी भवबिच रहँदै ज्ञान फैलिन्छ रास !!
(३९)
हम्रा संस्कार सारा युगयुग अघिका धर्ममा जोडिएका
लाग्दै छन् गुम्न हेर्दा गुपचुप छ कला चाहिको छ खाका
के के छन् मान्नुपर्ने विषय अब बुबा बाँड सारा प्रसाद
लाग्ने छौँ पालनामा नवयुवक सबै भन्छ देवीप्रसाद !!
(४०)

(क्रमशः)
०००
२०७९/१०/७
ताप्लेजुङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x