साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रजातन्त्रको कन्दनी

यहाँ सर्वहारा सधैंँ भोकमा छन् बन्यो हर्ष पीडा सधैंँ शोकमा छन् । विनालक्ष्य गन्तव्यमा हिँड्न लाग्यो प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो ।

Nepal Telecom ad

नयाँ वाद ल्यायौँ भन्यौ तन्त्र नौलो
पुरानै छ चाला जप्यौ मन्त्र नौलो ।
विनाप्राप्ति बाँच्यौँ बडा खिन्न लाग्यो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो ।।१।

थिए एक राजा सयौँ जन्मिँदै छन्
चुसी राष्ट्रलाई महान् सम्झिँदै छन् ।
भुल्यो दीनदुःखी सुखी चिन्न लाग्यो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो ।।२।

नयाँ पात छैनन् पुराना झरेछन्
थियो आस बाँकी सबै ती मरेछन् ।
हिजोअस्ति भन्दा झनै भिन्न लाग्यो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो ।।३।

कसौँ कस्न गाह्रो पयो फुस्किँदै छ
भयो जीणर् डोरी त्यसै मच्चिँदै छ ।
मर्‍यो राज्यमा न्याय पाइन्न लाग्यो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो ।।४।

यहाँ सर्वहारा सधैंँ भोकमा छन्
बन्यो हर्ष पीडा सधैंँ शोकमा छन् ।
विनालक्ष्य गन्तव्यमा हिँड्न लाग्यो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो ।।५।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल

मोबाइल

उत्तम विचार
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x