सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रजातन्त्रको कन्दनी

यहाँ सर्वहारा सधैंँ भोकमा छन् बन्यो हर्ष पीडा सधैंँ शोकमा छन् । विनालक्ष्य गन्तव्यमा हिँड्न लाग्यो प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो ।

Nepal Telecom ad

नयाँ वाद ल्यायौँ भन्यौ तन्त्र नौलो
पुरानै छ चाला जप्यौ मन्त्र नौलो ।
विनाप्राप्ति बाँच्यौँ बडा खिन्न लाग्यो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो ।।१।

थिए एक राजा सयौँ जन्मिँदै छन्
चुसी राष्ट्रलाई महान् सम्झिँदै छन् ।
भुल्यो दीनदुःखी सुखी चिन्न लाग्यो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो ।।२।

नयाँ पात छैनन् पुराना झरेछन्
थियो आस बाँकी सबै ती मरेछन् ।
हिजोअस्ति भन्दा झनै भिन्न लाग्यो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो ।।३।

कसौँ कस्न गाह्रो पयो फुस्किँदै छ
भयो जीणर् डोरी त्यसै मच्चिँदै छ ।
मर्‍यो राज्यमा न्याय पाइन्न लाग्यो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो ।।४।

यहाँ सर्वहारा सधैंँ भोकमा छन्
बन्यो हर्ष पीडा सधैंँ शोकमा छन् ।
विनालक्ष्य गन्तव्यमा हिँड्न लाग्यो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो ।।५।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख