साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको १२९ औँ कार्यक्रम

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ३, गेलाल गाउँमा सम्पन्न भएको यस कार्यक्रमको संयोजक घुम्ती कविगोष्ठीका संस्थापक कवि डिल्लीप्रसाद मूलतिहुनले गर्नुभएको थियो ।

Nepal Telecom ad

भक्तपुर, ०८० भदौ ९ । घुम्ती कविगोष्ठी नेपालको १२९ औँ शृङ्खलाको काव्यगोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ३, गेलाल गाउँमा सम्पन्न भएको यस कार्यक्रमको संयोजक घुम्ती कविगोष्ठीका संस्थापक कवि डिल्लीप्रसाद मूलतिहुनले गर्नुभएको थियो ।

कार्यक्रमको सभापतित्व संयोजकले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाल सरकारका सचिव मणिराम गेलाल हुनुहुन्थ्यो । अतिथिहरूमा राष्ट्रिय सुसेली मञ्चका अध्यक्ष दुर्गाअधिकारी ‘भमरकोटे’, भक्तपुर सुसेलीमञ्चका अध्यक्ष रामशरण न्यौपाने, चाँगुनारायण साहित्य समाजका अध्यक्ष लालबहादुर भुजेल, अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल र ९१ वर्षका बयोवृद्ध सूर्यकान्त गेलाल रहनुभएको थियो । यस गोष्ठीमा कोषाध्यक्ष रामचन्द्र दाहालले स्वागत मन्तव्यसहित रचना वाचन गर्नुभएको थियो ।

भने अन्य रचना वाचन गर्ने कविहरूमा घुम्ती कविगोष्ठीका उपाध्यक्ष त्रिलोचन आचार्य, ओमप्रसाद कोइराला, बिके माकजु, दधिराम गेलाल, रामशरण न्यौपाने, परशुराम पराशर, सावित्री दाहाल गेलाल, समीर गेलाल, लालबहादुर भुजेल, दुर्गा अधिकारी भ्रमरकोटे र डिल्लीप्रसाद दाहाल हुनुहुन्थ्यो ।

कार्यक्रमको अन्त्यमा दुर्गा अधिकारीले सुसेली लेखन र वाचनका बारेमा बताउनुभयो भने प्रमुख अतिथि मणिराम गेललाले कविहरूमा देशप्रतिको चिन्ता कवितामा व्यक्त भएर कविहरूले सूक्ष्म निगरानी गरिरहनुभएको र देशमा भएका राजनीतिक विकृति विसङ्गति विरुद्ध चेतना अभिवृद्धि गर्नुभएको देखेर खुसी लागेको बताउनुहुँदै आजको बिहान सार्थक बिहान भएको समेत बताउनुभयो ।

बिहान ८ बजेबाट सुरु भएको यस कविगोष्ठीको सञ्चालन घुम्ती कविगोष्ठी नेपालका पूर्व अध्यक्ष कवि परशुराम पराशरले गर्नुभएको थियो ।

०००
– परशुराम परासर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x