साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा (काव्य अंश- ८)

के खालान् यिनले गरेर भवमा दुख्छन् कि चिन्ता गरी ? पग्लन्छन् मनभावना घिउ सरी दुख्छन् विलौना भरी ।। पापी काल सुटुक्क लान्छ मनुवा अल्पेर टाढा भयौ । हेर्दैमा मनका उदारपनका माया बिलायौ गयौ ।।

Nepal Telecom ad

दीनानाथ पाेखरेल :

आशा पूर्ण भरेर कर्म नगरे बर्सन्छ टन्टा झरी ।
मात्रै गर्नुछ कर्म सम्झन सके भित्रन्छ हाँसो भरी ।।
पृथ्वी हुन् ममतामयी अटल छन् वात्सल्य आभा बुझे ।
मान्छे उठ्दछ चेतना लय टिपी सञ्ज्ञान सङ्ला सुझे ।।१६५।।

हुन् आकाश पिता हियारतलमा यो ज्ञान राखेपछि ।
आमा हुन् धरणी समान मनले यो सत्य डाकेपछि ।।
आत्मा भ्रष्ट बनेर घुम्न नदिने हुन् सत्य यी चिन्तन ।।
बाँच्ने सौम्य विचारका डगर हुन् यो ज्ञान हो कञ्चन ।।१६६।।

मीठो बोल्दछ कर्म छैन गतिलो त्यो धूर्त ब्वाँसो बुझ ।
चर्को बोल्छ बिगार छैन पथमा त्यो व्यक्ति साथै रुझ ।।
मीठो भर्छ सुयोग्य लाग्छ रस त्यो भित्री बडो घात छ ।
चर्को बोल्छ तथापि छेक्छ ननिको त्यो व्यक्ति क्या खास छ ।।१६७।।

सत्यासत्य समान छन् अवनिमा सत्यार्थमा लम्कनू ।
यो हो योग्य मनुष्य भन्छ भवले सर्वत्र हेक्का लिनू ।।
यस्ता दिव्य मुहान सार्थक बडा को ज्ञान देला खुली ।
बाबा शब्द विशाल दिव्य महिमा छन् शैल अग्ला चुली ।।१६८।।

मान्छेले मन बाँध हेर परको देखिन्छ उस्तै भनी ।
रोई जीर्ण बनेर दुख्छ तन यो सम्झाउँछन् तापनि ।।
होहो भन्न सकेन वक्ष बहुतै चर्केर सोला दियो ।
मेरो सौख्य लुटेर दैव कसरी तर्केर टाढा भयो ?१६९।।

मायाका मुखभित्र अग्नि करले लाई डरेका क्षण ।
आओस् लाग्छ परन्तु दर्द सबले झेल्नै नपर्ने दिन ।।
केले दिन्छ खुसी सुझाव अब ता आएर देओ सुधी ।
के हो काल ? र मार्छ मास्छ दुनियाँ यो भन्न आओ बुझी ।।१७०।।

हाम्रो हाल छ दृष्टिमा यदि भए दुख्छन् कि चिन्ता गरी ?
हामी शोकविषे डुबे छटपटी बढ्छन् कि बाधा परी ?
कस्ता कर्म गरे हुनेछ सजिलो ? यो जान्न इच्छा बढ्यो ।
केही चाल नपाउँदा हृदय यो व्याकूलतामा गढ्यो ।।,१७१।।

हा !हा! दैव लुटिस् लगिस् पर कता ? अन्योलका खात छन् ।
केकस्ता अवहाल छन् जनकमा ? सन्तान बेहाल छन् ।।
हे नारायण ! यो नहोस् अगि भनेँ ऐले त्यही जो भयो ।
हाम्रा यो घरको मियो अटल त्यो ढल्दा उज्यालो गयो ।।१७२।।

के खालान् यिनले गरेर भवमा दुख्छन् कि चिन्ता गरी ?
पग्लन्छन् मनभावना घिउ सरी दुख्छन् विलौना भरी ।।
पापी काल सुटुक्क लान्छ मनुवा अल्पेर टाढा भयौ ।
हेर्दैमा मनका उदारपनका माया बिलायौ गयौ ।।१७३।।

गर्दा ध्यान खुसी बनेर हरिले फर्काउँछन् लाग्दछ ।
जे हो नित्य हुँदैन हुन्छ दिल यो सम्झेर झन् थाक्दछ ।।
त्यागी जान थिएन चित्त तर त्यो लाँदाअवाक्झैँ भयो ।
हेर्दैमा मनका उदारपनका माया बिलायौ गयौ ।।१७४।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x