मनोधरादेवी र हरिप्रसाद खकुरेलका सुपुत्र रमेश खकुरेल वि.सं. १९९९ असोज २२ गते गणबहाल, काठमाडौंमा जन्मिनुभएको हो । बिएस्सी, बीएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका खकुरेल निजामती सेवाबाट निवृत्त हुनुभएकाे हाे । २००७ सालमा ‘यौटा ठूलो वनमहाँ’ शीर्षकको कविता प्रकाशन गरेर नेपाली साहित्यमा प्रवेश गर्नुभएका खकुरेलको पहिलो प्रकाशित कृतिको रूपमा ‘सङ्क्षिप्त भौतिकी’ (२०२५) प्रकाशित भयो । यसैगरी उहाँका ‘अङ्गालो’ कवितासङ्ग्रह (२०२६), ‘सरिता नानी’ महाकाव्य (२०४९), ‘बहिनीलाई सन्देश’ (२०५३) लगायत काव्यकृतिहरू प्रकाशित छन् । बृहत् कविता प्रतियोगिता २०१७ मा स्वर्ण पदक, शहीद कविता गोष्ठी (२०४०) मा प्रथम, धरणीधर पुरस्कार (२०५१) लगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट पुरस्कृत, छन्दशिल्पी व्यक्तित्व हुनुहुन्छ । सम्पर्क : ४४२०६५०, ४४१२७११
आनन्दको फकीरी
खल्ती भएर के भो पैसा जहाँ हुँदैनपैसा जहाँ हुँदैनन् ऐसा त्यहाँ हुँदैन ।। मेरो छ एक
पुरा पढ्नुहाेस्समस्या
समस्यै समस्या समस्यै समस्याजता हेर्छु मात्रै समस्यै समस्याकतै खोज्न जानै नपर्ने समस्या स्वयं काँधमा बस्छ आई
पुरा पढ्नुहाेस्कवि मर्दैन
(असरफ फयादमा समर्पित) कसैले मार्नु पर्दैन हाम्रो यो देशमा कविआफै खान नपाएर भोकै मर्छ यहाँ कवि
पुरा पढ्नुहाेस्ठिटोली
कहाँ भोक मर्थ्यो सुनी मात्र बोलीयहाँ मर्न लाग्यौं स्वयं पेट पोलीउनी हिंड्दछन् वस्त्र सर्वाङ्ग खोलीलगाओ न
पुरा पढ्नुहाेस्हाम्रो एकता
बिगार्नेहरूहो बनाएर हेरफुटाल्नेहरू जोर्न ता जोरिहेरफुटे बालुवा जोरिए शैल बन्छमहान् जोर्छ फोर्ने सधैं दुष्ट हुन्छ ।
पुरा पढ्नुहाेस्कति चल्ला ?
तिम्रो झुट्टो बाचा नानी, कति चल्ला ?पढ्नु कता न कता हो वेद पुरान बखान्छौहामी बस्छौं भोकै
पुरा पढ्नुहाेस्बिजुली !
यो झिल्के बिजुली असाध्य छ छली पर्दै नपर्नू भरगर्छे जे मन लाग्छ लाज नलिई मान्दै नमानी
पुरा पढ्नुहाेस्अधिकारवादी
बोके छिनाल्दा पनि मर्न खोज्थेमान्छे हकार्दा पनि मार्न खोज्थेछेकेछ केले र पुगे पछाडिकता गए ती अधिकारवादी
पुरा पढ्नुहाेस्नठान्नू
सत्ता उठाउँदैमा जान्ने भएँ नठान्नूडोरी समाउँदैमा तान्ने भएँ नठान्नू ।। चिप्लेकिराहरूको शिर हेर एक पल्टसिंङ मात्र
पुरा पढ्नुहाेस्

ramesh khakurel

























