साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्गाको आदेश

Nepal Telecom ad

 

तस्बीर त निकै बोले मन खै के भयो भयो
दसैं लुसुक्क आएछ यसै आयो यसै गयो ।।

पूजा आजा पनि भयो धेरै नै वर मागियो
रक्षा गर्छिन् भवानीले भन्दै आश लगाइयो ।।

तर उस्तै देख्छु सारा चित्त उस्तै छ खल्बल
हरे यस्तो किन भयो अझै देश छ दुर्वल ।।

तस्बीर हेर्छु हाँसेकै सबैका देख्छु आनन
तर आँखातर्फ हेर्दा देखिन्छन् आँसुका कण ।।

घाँटीमा देख्छु भक्कानो लामा निःश्वास नाकमा
टीका लगाउँदा देख्छु केही कम्पन हातमा ।।

पूजामा नै कमी भो कि कि भो विश्वासमा कमी
किन चिन्तामै अझै छौं यता हामी उता तिमी ।।

भएन भन्दै यी आँखा चिम्लँदै ध्यानमा बसैं
दुर्गा मातासितै सोध्छु भनी अड्डी यसै कसें ।।

निदाई सपना हो कि कल्पनामा कि वा उडें
दुर्गाको दरबारैमा म साक्षात् हान्निंदै पुगें ।।

हेरी मुसुक्क हाँसेर बोलिन् माता खुदै अनि
मबाटै नै सबै माग्छौ हुतिहारा स्वयं बनी ।।

सबै थोक दिएकै छु तिम्रोमा के कमी छ र
विश्वमा सर्वोच्च देश तिम्रो यो शान्तिको घर ।।

यहाँ खनिज के छैन वातावरण छैन के
यहाँ के उब्जनी हुन्न नदीमा शक्ति छैन के ।।

अरू आएर मुखमै गाँस हालिदिए पनि
चपाउनु स्वयं पर्छ निल्नु पर्छ स्वयं अनि ।।

तिम्रा कर्मठ मान्छे छन् विदेशै जान चाहने
उही काम यहाँ गर्दा किन हो लाज आउने ।।

उस्तै नेता तिमी छान्छौ भ्रष्टाचारी र लोलुप
आफै कमाऊँ जो भन्छन् देशमा जति होस् दुख ।।

जाऊ आफै तिमी सुध्र केही बुद्धि लगाउनू
यस्तो गुनासो बोकेर यहाँ फेरि नआउनू ।।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
म्यारेजमहिमा

म्यारेजमहिमा

रमेश खकुरेल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x