साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उधारी कुमारी

एकदिन छोरीमात्र घरमा रैछे। बज्जेले छोरीको नाम पनि उधारी राखेको रैछ। उधारीले - हाम्रो बा बारीको कान्लामुनि लुक्नु भएको छैन भनी। त्यसदिनदेखि त्यसको आँगनमा टेकेको छैन । अब के गर्ने रिजाल भाइ ?

Nepal Telecom ad

आर.सी. रिजाल :

एकछिनको भलाकुसारीपछि हितप्रसाद काकाले- मलाई बोलाउनुको कारण सोधेँ।उहाँले – कस्तो जमाना आयो रिजाल भाइ, कसैमाथि विस्वास गर्न नसकिने भैयो। हातले दियो खुट्टालाई दुख भन्ने भनाइ ममाथि चरितार्थ भयो। त्यो पुछार घरे ईमान बहादुरलाई चिन्छौ भने। मैले – किन नचिन्नु, त्यो फटाहाले तपाइँलाई पनि भ्यायो कि कसो भने।

काकाले – रिजाल भाइ दुखपर्दा काम लाग्छ भनेर जोगाएको वृद्ध भत्ता ईमानेले चटक देखाएर फुत्कायो । एकदिन साँझ पर्न लागेको थियो। श्रीमतीको भुँडी देखाउँदै – हजुर यो मेरि प्याउली, भरेभोली ब्याउली जस्ती छे, जनिगरि हजुरले आफैंले भोग गरेको ब्याहुलीझैँ ठानी सुत्केरी उतार्न पाँच हजार सापट दिनुपर्‍यो। मामको त के कुरा हजुर ज्वानो किन्ने दामसमेत छैन। प्याउली तलमाथि परे त्यो पापको भागिदार हजुर पनि हुनुपर्छ भन्दै बज्जेले आँसु झारेर डाँको छोड्यो। स्वास्नी चैंले – ब्याजमात्र हैन हजुर घिउखाने कोसेली नि टक्र्याउला। तपाईंको ईमान भाइको धरौटी म भरौटी बस्छु भनि।आफ्नो नौनीजस्तो मन पग्लियो।

मैले – बारम्बार गएर तर्साउनु भएन भने। काकाले – कति भन्नू। अब त यस्तो महसुस भयो कि मानिसको पीडा सुन्नु छ भने कसैलाई सापट दिए पुग्छ। जतिपल्ट गयो – मैले झुठो बोल्न जानेको छैन भन्दै सापट फिर्ता गर्ने मिति श्रीमतीलाई तोक्न लगाउछ। एकदिन कटेरो पछाडि पुगेको मात्र थिएँ।बज्जेले – कस्तो पाजी काठो रैछ। त्यसको पैसा पचाएर को मर्छ भनेको सुनेँ। हो न हो मेरो सापट फिर्ता गर्न कालले त्यसलाई साँचेको होला त ?

एकदिन छोरीमात्र घरमा रैछे। बज्जेले छोरीको नाम पनि उधारी राखेको रैछ। उधारीले – हाम्रो बा बारीको कान्लामुनि लुक्नु भएको छैन भनी। त्यसदिनदेखि त्यसको आँगनमा टेकेको छैन । अब के गर्ने रिजाल भाइ ? भने।

मैले – अब केही हुँदैन। नङ्गा नाचे हजार दाउ।उबेलाँ- तेरो छातीमा राख्न एक टिलो छैन भन्देको भए “कस्तो पाजी” भन्थ्यो, जान्थ्यो।उखानै छ नि “सय पाजी खानु भन्दा एक पाजी खानु बेस” अहिले कस्तरी लाग्यो वृद्ध हृदयमा ठेस भने।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x